काठमाडौं ५ माघ ।
कोरोना भाइर कोभिड–१९० को नयाँ प्रकारको भाइरस नेपालमा भित्रिएको पुष्टि भएको छ ।
कोरोना भाइरसले विश्आतङ्कीत भइरहेको वेलामा यसले नेपालमा पनि ठुलै तहल्का मच्चायी रहेको छ र यसको कमी हुन नपाउंदै बेलायतमा फेरी नयां जातको भाइरसको हल्ला सुनिएको छ ,र त्यस्तै किसीमको लक्षया नेपालमा पनि देखीएको छ । पौष पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको थियो । पौष पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पौषमा पुष्टि भएको थियो । तर जुन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भए नभएको खुलेको थिएन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ पौषमा उनीहरुको नमुना हङकङ प्रयोगशालामा पठाइएको थियो । त्यसमध्ये ३ जनामा देखिएको भाइरस नयाँ प्रकारको भएको पुष्टि भएको छ। २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रकारको भाइरस देखिएको छ । उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै रहेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।








