सिरहा २२ पौष ।
उदयपुर प्रहरीले कम्मरमा लागु औषध बाँधेर लागु औषध ओसार पसार गर्ने एक जनालाई प्रहरीले नियत्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार कम्मरमा पेटी जस्तै गरेर लागु औषध बाधेका पवन चौधरीलाई लागु औषध सहित नियन्त्रणमा लिएको हो। सिराहाको नवराजपुर गाउँपालिका वडा नं. १ भगवतीपुर तामासुइया बस्ने २४ वर्षीय पवनले काटुनलाई टेपले टाँसेर कम्मरमा पेटी जस्तो बनाएर लगाएको पेटी प्रहरीले शङ्का लागि चेक गर्दा लागु औषध बरामद गरेको छ ।
कम्मरमामा नरर्फिन २३ एम्पुल, प्रोमेथाजिन २३ एम्पुल, डाइजेल्याव २३ एम्पुल गरी जम्मा ६९ एम्पुल फेला परेको उदयपुरका प्रहरी प्रमुख एसपी भीम दाहालले जानकारी दिएका छन् ।दाहालका अनुसार पवनले भारतको वीरपुरबाट लागु औषध खरिद गरेर सिराहा र उदयपुरमा लागु औषधको डिलर सञ्चालन गरी बिक्री वितरण गर्ने गरेको खुलेको छ र पवन चौधरी लाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here