काठमाडौं १६ पौष ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ । स्वास्थ्य मन्त्रालयमा आज बिहान उहाँहरुबीच शिष्टाचार भेट भएको हो।
नवनियुक्त मन्त्री त्रिपाठीलाई राजदुत क्वात्राले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। भेटमा दुवैले नेपाल भारत सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ।

साथै कोभिड–१९को विरुद्ध नेपाल र भारत मिलेर अगाडी बढ्ने गरी मुख्यतः कोभिड–१९को खोपका सम्बन्धमा पनि सम्वाद भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here