भक्तपुर ३० मंसिर ।
भक्तपुर नगरपालिकामा प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । भक्तपुर–९ च्यामासिंह सूर्यमढीस्थित डिउटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा सोमबार राति प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–९ च्यामासिंह सूर्यमढी बस्ने ३२ वर्षीय विजय नकर्मी र १९ वर्षीय रितिक प्रजापती रहेका छन्
सोही ठाउँकी गिता कोजुको मोबाईल हराएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले मोबाइल खोजेर गितालाई बुझाएको थियो ।
प्रहरीले मोबाइल सम्बन्धित धनीलाई बुझाउनासाथ त्यहिँ रहेका विजय र रितिकले प्रहरीलाई एक्कासी हातपात एवं दुर्व्यवहार गरेपश्चात उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।







