कञ्चनपुर ३० मंसिर ।
झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा अनौठो शिशुको जन्म भएको छ।
शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका १८ वर्षीया करिना लुहारले अनौठो शिशु जन्माएकी हुन्। नवजात शिशुका दुवै हात छैनन्।
पहिलो सन्तानका रुपमा जन्माइएको शिशु स्वस्थ्य रहेको शिशुका बुबा शङ्करले बताए। ुशिशुका दुवै हात छैनन्, उनले भने,ुआमा र शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ।ु








