काठमाडौं २२ मंसिर ।
ट्राफिक प्रहरीलाई १६० रुपैयाँ घुस दिन खोज्ने पुरुष पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अन्तर्राष्ट्रिय टर्मिनलमा खटिएका ट्राफिकलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपालचोक घर भई हाल काठमाडौं चाबहिल बस्ने ३५ वर्षीय बा ३३ प ६५ नम्बरको मोठरसाइकल चालक उज्वल आचार्य रहेका छन् ।
यातायात व्यवस्था ऐनअनुसार कारबाही गर्न खोज्दा आचार्यले १६० रुपैयाँ घेस दिन खोजेकाले पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।







