1205778418

चितवन, ९ कात्तिक । चितवनमा थप एकसय ७६ जनामा काेराेना भाइरस (काेभिड–१९) संक्रमण पुष्टि भएकाे छ । भरतपुर १० स्थित रहेकाे चितवन मेडिकल कलेज (सीएमसी) काे काेराेना प्रयाेगशालामा एकसय ४६ र भरतपुर अस्पताल काेभिड–१९ परीक्षण प्रयाेगशालामा ३० गरी शनिवार गरिएकाे परीक्षणमा थप एकसय ७६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । जसमध्ये एकसय २५ जना जिल्ला भित्रका छन् भने ५१ जना बाहिरी जिल्लाका छन् । चितवनका यी दुईवटा प्रयाेगशालामा गरी ५ सय ८३ वटा नमुना परीक्षण गरिएकाे मध्ये ती एकसय ७६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । उनीहरूकाे स्वाब प्रयाेगशालामा आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here