रुपन्देही, १९ असोज ।
रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल १३ बेलवासकी ६५ वर्षीया महिलाको उपचारको क्रममा आइतवार मृत्यु भएको बुटवलस्थि धागो कारखानामा रहेको कोभिड विषेश अस्पतालले बताएको छ । आइतवार कोरोना संक्रमण पुष्टि भएको उनलाई त्यहि दिनै अस्पताल भर्ना गरिएको थियो । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।








