रौतहट २ असोज । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले गृह जिल्ला रौतहटमा आज ६० थान च्यापकटर मेसिन र मोटर वितरण गर्नुभएको छ । कृषि राज्य मन्त्री यादवले जिल्लाको माधवनारायण नगरपालिका ४ मानपुर बिसुनपुरवाका दुग्ध उत्पादक कृषक समुहका ६० जना किसानहरुलाई ६० थान च्यापकटर मेसिन र ६० थान मोटर पुरक अनुदानमा बितरण गर्नुभएको हो । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धि कार्यक्रम अन्तर्गत प्रत्येक किसानहरुलाई एक एक थान घाँस, पराल काट्ने च्यापकटर मेसिन र पानी तान्ने मोटर हस्तान्त्रण गरिएको राज्य मन्त्री योगेन्द्र यादवले बताउनुभयो । किसानहरुको हौसला बढाउन सिचाई सामग्रि र घाँस काटने मेसिन वितरण गरिएको मन्त्री यादवले बताए ।

दूग्ध उत्पादन गर्ने किसानहरूको मनोवल बढाउन र दूधबाट नै उनिहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले सहयोग स्वरुप २ वटा दूग्ध उत्पादक कृषक समूहमा आवद्ध ६० जना किसानहरुलाई उक्त कृषि सामग्री हस्तान्तरण गरिएको राज्य मन्त्री योगेन्द्र यादवले बताउनुभयो ।

एकता दुध उत्पादक कृषक समुह र माइधिया दुध उत्पादक कृषक समुहमा आवद्ध किसानहरुले उक्त मेसिन र मोटर पाएका छन ।

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिको ३० प्रतिशत अनुदानमा किसानहरुलाई उक्त कृषि सामग्री वितरण गरिएको मन्त्री योगेन्द्र यादवले बताउनुभयो ।
जनसेवा कृषि सहकारी संस्था लिमिटेड विशुनपूर्वा मानपुर ४ को आयोजनामा भएको कार्यक्रममा माधवनाराण नगरपालिकाका मेयर विरेन्द्र यादव, जयनगरका वडा अध्यक्ष सरोज यादव, सहकारीकर्मी रामबाबु मुखिया लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here