बारा ३० भदौ ।
बारा जिल्लामा चट्याङ् लागेर १ जनाको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा न. १४ दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा अचानक चट्याङ् लागेर एक व्यक्तिको मृत्यु भएको हो। मृत्यु हुनेमा सोहि ठाउँका अन्दाजी ४० वर्षिय धर्मप्रसाद राय चौधरी रहेको अस्थाई प्रहरी पोष्ट डुमरवानाले जनाएको छ ।
चट्याङ् लागेर गम्भिर घाइते भएका चौधरीको स्थानीय डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।त्यसैगरी टायर गाडामा बालुवा लोड गरीरहेका अन्दाजी २७ वर्षिय तेतर माझि सामान्य घाइते भएका छन् । घाइते माझीको सोही क्लिनीकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।








