काठमाडौं, २८ भदौ । नेपालमा थप १ हजार ३९ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको ९ हजार १ सय ६५ पिसिआर परीक्षणमा थप १ हजार ३९ जना मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा योसँगै संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको बताए । यस्तै पछिल्लो २४ घन्टामा ११ सय ७३ जना कोरोना संक्रमणमुक्त भएको र नेपालमा हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ ।







