घटनापछि देवानगन्ज तथा केही क्षेत्रमा कर्फ्यु जारी गरिएको छ। घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको जानकारी गराइएको छ। उक्त घटनापछि जिल्लामा शान्ति, सद्भाव र संयमता कायम राख्न विभिन्न पक्षबाट अपिलहरू जारी भइरहेका छन्। जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै पछिल्लो समय अन्य जिल्लामा भएका घटनालाई लिएर सामाजिक सञ्जालमार्फत भ्रामक सूचना तथा अफवाह फैलाउने, कुनै धर्म, आस्था, संस्कृति वा समुदायप्रति लक्षित गरी घृणात्मक अभिव्यक्ति दिने, उत्तेजक भाषण गर्ने तथा अमर्यादित टिप्पणी नगर्न सबैलाई आग्रह गरेको छ। जिल्लाको आपसी सद्भाव, शान्ति, सुरक्षा र अमनचयन कायम राख्नुका साथै बहुजातीय, बहुभाषिक र बहुधार्मिक पहिचानलाई संरक्षण गर्नु सबैको साझा दायित्व रहेको सूचनामा उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here