कैलालीको धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका ३५ वर्षीय ज्योति चौधरीको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ। साउन ९ गते आत्मदाह प्रयासपछि उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो सुरुमा सेती प्रादेशिक अस्पतालमा उपचार गरिएका उनलाई चिकित्सकले नेपालगञ्ज रिफर गरे पनि परिवारले काठमाडौं लैजाने निर्णय गरेको थियो। घरायसी विवादका कारण उनले आत्मदाह प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।







