आदरणीय नगर सभाध्यक्षज्यू तथासभासदस्यज्यूहरु,
विराटनगर महानगरपालिकाको सम्मानित नगरसभामा यहाँहरुलाई स्वागत गर्न पाउँदाआफुलाईगौरवान्वितमहसुसगरेकोछु।लोकतन्त्रतथासमावेशीसमाजनिर्माणकालागिविभिन्नसमयकालमाभएको जनआन्दोलनमा आफ्नो जीवन आहुति दिने ज्ञातअज्ञात शहीदहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शहीद परिवारप्रति उच्च सम्मान प्रकट गर्दछु ।आर्थिक, सामाजिक तथा राजनैतिक परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरी विराटनगरलाई समृद्ध नगर बनाउन हामीलाई सधैं सकारात्मक साथ सहयोग तथा सल्लाह दिनुहुने महानुभावहरुप्रति विराटनगर महानगरपालिकाको तर्फबाट ह्रदयदेखिनै धन्यवाद व्यक्त गर्दछु ।
विराटनगर महानगरपालिकाको सम्मानित सोह्रौ नगरसभामा आर्थिक वर्ष २०८१।०८२ जेठ मसान्तसम्मको प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८२।०८३ को नीति, कार्यक्रम तथा बजेट पेश गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ । समृद्ध नगर बनाउने जिम्मेवारी तपाई हाम्रो काँधमा आइरहँदा सीमित स्रोत र साधनलाई अधिकतम परिचालन गरी नगरवासीका आशा तथा अपेक्षाहरुलाई समेट्न हामी प्रयासरत रहेका छौ ।चालु आर्थिक वर्षमा आन्तरिक राजस्व लक्ष्यभन्दा केहीन्यून संकलन भएको भएता पनि नगरवासीलाई पुर्याउनु पर्ने सेवा प्रवाह र विकास निर्माणका कार्यहरुलाई निरन्तरता दिएको जानकारी गराउन पाउँदा खुशी लागेको छ । आगामी आर्थिक वर्षमा आर्थिक गतिविधिमा सुधार भई लक्ष्यअनुसार आन्तरिक आय संकलन हुने अपेक्षा गरीुुहामी सबैको रहर शिक्षित,सफा,सुन्दर,सुरक्षित र सक्षम विराटनगरुुुु भन्ने दीर्घकालीन सोचलाई पूरा गराउने मुख्य ध्येयका साथ आर्थिक वर्ष ०८२।०८३ का लागि वार्षिक नीति बजेट तथा कार्यक्रम तर्जुमा गरिएकोछ।
नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा विभिन्न ऐन कानुनमा स्थानीय तहका अधिकार क्षेत्रको प्रभावकारी कार्यान्वयन गर्न साथै नगरबासीलाई दैनिक जीवनमा पुर्याउनुपर्ने सेवा प्रवाहका लागि चाहिने आवश्यक जनशक्ति व्यवस्थापन गर्नु साथै संघीयतथा कोशी प्रदेश सरकारलगायत अन्य संघसंस्थाबाट उपलब्ध गराउने अनुदानमा कटौती हुदै आएको कारणले विकास निर्माण लगायत जनमुखी कार्यमा स्रोतव्यवस्थापनको चाप परेको यहाँहरुमा सर्व विदितै छ । यसर्थ वार्षिक नीति बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि नागरिक समाज, निजी क्षेत्र, सामाजिक सघसंस्था सञ्चारकर्मीलगायत सबैको साथ र सहयोगको अपेक्षा गर्दछु
आदरणीय नगर सभाध्यक्षज्यू तथा सभासदस्यज्यूहरु,
हामी निर्वाचित भएर आएपश्चात नगरवासीलाई उपलब्ध गराँउदै आएको सेवा प्रवाह र विकास निर्माणका कार्यहरुमा प्रत्यक्ष सहभागीभएर पाएको अनुभव तथा सिकाइबाट थप ज्ञान र दक्षता हासिल भएकाले आगामी दिनमा सदाझैं ईमान्दार र कर्तव्य निष्ठाका साथ महानगरको समृद्धिका लागि सम्मानित नगरसभाबाट पारित हुने नीति, कार्यक्रम तथा बजेटले महानगरको समृद्धिमा उल्लेख्य महत्व राख्नेछ भन्ने आशा लिएकोछु ।
आदरणीय नगर सभाध्यक्षज्यू तथा सभासदस्यज्यूहरु,
वार्षिक योजना तर्जुमाका लागि विभिन्न विषयगत समिति,राजनैतिक पार्टी, सामाजिक संघसंस्था, नागरिक समाज, नीजि क्षेत्र हामीले निर्वाचनमा घोषणापत्रमा गरेका प्रतिबद्धता लगायत अन्य निकायहरुको सुझावहरुलाई समेत मध्यनजर गर्दै आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्नका लागि देहाय बमोजिमका आधारहरुलाई मुख्य मार्गदर्शनका रुपमा लिइएकोछ ।
१।नेपालको संविधान,
२।स्थानीय सरकार सञ्चालन ऐन, २०७४
३।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४
४ अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४
५।राष्ट्रिय योजना आयोगको बजेट तर्जुमासम्बन्धी मार्गदर्शन
६।संघीय तथा प्रदेश सरकारबाट प्राप्त सुझाव ।
७।स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन
८।विषयगत समिति,राजनैतिक दल, नीजि क्षेत्र,नागरिक समाज तथा संघसंस्थाको सल्लाह सुझाव
९ निर्वाचन घोषणापत्रमा गरिएका प्रतिबद्धताहरु।
आदरणीय नगर सभाध्यक्षज्यू तथा सभासदस्यज्यूहरु,
आर्थिक वर्ष २०८२।०८३ को नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्दा देहायका विषय क्षेत्रहरुलाई मुख्य प्राथमिकता दिइएकोछ ।
क० उत्पादन तथा छिटो प्रतिफल दिने योजनाहरु ।
ख० शिक्षा र स्वास्थ्यमा नगरवासीको पहुँच बढाउने कार्यक्रम ।
ग० स्थानीय राजस्व वृद्धि र परिचालनमा योगदान पुरयाउने कार्यक्रमहरु ।
घ०लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई थप संस्थागत हुने योजना तथा कार्यक्रम ।
च० सेवा प्रवाह,सुशासन तथा संस्थागत विकासमा सहयोग पुग्ने योजना तथा कार्यक्रम ।
छ० स्थानीय स्रोत साधन र सीपको अधिकतम परिचालन हुने योजना तथा कार्यक्रम ।
ज० स्थानीय भाषा,धर्म,कला साहित्य र संस्कृति जगेर्नासम्बन्धी कार्यक्रम ।
झ० वातावरण संरक्षण तथा बालमैत्री स्थानीय शासनलाई सहयोग पुग्ने कार्यक्रम ।
ञ० आर्थिक विकास र गरिबी न्युनिकरणमा सहयोग पुरयाउने योजनाहरु ।
आदरणीय नगर सभाध्यक्षज्यू तथा सभासदस्यज्यूहरु,
विभिन्न महाशाखा, शाखा तथा वडा कार्यालयहरुबाट आर्थिक वर्ष २०८१।०८२ ज्येष्ठ मसान्तसम्म गरेका कार्यहरुको मुख्य मुख्य क्षेत्रगत उपलब्धिहरु विषयगत समितिका संयोजकहरुले पेश गर्नुहुनेछ ।
अब म आर्थिक वर्ष २०८२।०८३ को वार्षिक निति प्रस्तुत गर्दछु ।
जनस्वास्थ्य
१। नगर अस्पताल रानीमा २४ घण्टे इमरजेन्सी सेवा, स्वास्थ्य बीमा, बीमा फार्मेसी, रेडियोलोजी सेवा, सुविधा सम्पन्न प्रयोगशाला , निशुल्क फिजियोथेरापी, बर्थिङ्ग सेन्टर तथा एचष्mबचथ द्यगचल ःबलबनझभलत ग्लष्त स्थापना गरी नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाइनेछ।
२। महानगरीयस्वास्थ्य केन्द्रहरुमागर्भवती महिलाहरुका लागि एयचतबदभि ग्क्न् द्वारा निःशुल्क गर्भावस्थाको जाँच, निःशुल्क ब्ल्ऋ एचयाष्भि चेक जाँच लगायत नियमित गर्भवती जाँच, निःशुल्क आइरन चक्की र क्यालसियम चक्की वितरण तथा बर्थिङ्ग सेन्टरको प्रभावकारी संचालन सुनिश्चित गरी श्भचय ज्यmभ म्भष्खिभचथ अभियान संचालनमा ल्याइनेछ।
३। लक्षित महिलाहरुको लागि निःशुल्कपाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्गꓼ वयस्क व्यक्तिहरुको निःशुल्क मधुमेह जाँच, उच्च रक्तचाप मापनꓼ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको लागि घरदैलो निःशुल्कस्वास्थ्य परिक्षणꓼसूर्तीजन्य पदार्थको सेवन न्यूनीकरण तथामोतियाविन्दुमुक्त महानगरपालिका कार्यक्रमहरु संचालन तथा निरन्तरता दिई नसर्ने रोगहरु रोकथाम तथा न्यूनीकरण गरिनेछ।
४। “छोरी बचाउ छोरी पढाउ” कार्यक्रम अन्तर्गत पहिलो र लगातार दोस्रो छोरी जन्माउने आमाहरुलाई प्रोत्साहन बापत उपलब्ध गराउदै आएको रकमलाई निरन्तरता दिइनेछ।
५। गर्भवती महिला, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई अस्पतालसम्म जानका लागि प्रदान गरिदै आएको निःशुल्क एम्बुलेन्स सेवा र विराटनगरवासीका लागि प्रदान गरिदै आएको निःशुल्क शवबाहन सेवालाई निरन्तरता दिइनेछ।
६। वैकल्पिक चिकित्साको रुपमा आयुर्वेद सेवाको विकास र विस्तार गरिनेछ।
७। डेङ्गी, कोभिडलगायत महामारीजन्य सरुवा रोगहरुको रोकथाम तथा नियन्त्रणको लागि विभिन्न कार्यक्रमहरु साथै कुष्ठरोग, कालाजार, हातिपाइलेमुक्त पालिका अभियानसंचालन गरिनेछ।
८। स्वास्थ्य संस्थालाई पेपरलेस बनाउन म्ष्नष्तब िज्भबतिज क्थकतझरभ्भिअतचष्अ ःभमष्अब िच्भअयचम लाई थप व्यवस्थित बनाइनेछ।
९। अपाङ्ता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमलाई थप प्रभावकारी बनाई अपाङ्गता दरमा कमी ल्याइनेछ भने अपाङ्ता भएको व्यक्तिको सहज उपचारको सुनिश्चितताको लागि स्वास्थ्य बीमा कार्यक्रममा निःशुल्क आबद्ध हुने व्यवस्था मिलाइनेछ।
१०। महानगरबाट संचालन भएको अटिज्म सेवा केन्द्रलाई थप व्यवस्थित बनाई प्रभावकारी रुपमा संचालनमा ल्याइनेछ साथै अटिज्म सेवा केन्द्रको आफ्नै भवन निर्माणको लागि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।
११। “तपाईको स्वास्थ्य महानगरको चासो” भन्ने मूल नाराका साथ महानगरपालिका भित्र सुर्तीजन्य पदार्थको बीक्री वितरण, भण्डारण तथा सार्वजनिक स्थानमा सेवनलाई कडाइका साथ नियन्त्रण गरिनेछ ।
शैक्षिक विकास
१। कठिन समूहमा रहेका अति गरिव, सीमान्तकृत तथा अपाङ्गता भएका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याइ विद्यालय उमेरका सबै बालबालिकालाई भर्ना हुने व्यवस्था मिलाइनेछ ्र
२। विराटनगरका ३ वटा सामुदायिक विद्यालयलाई ५ हजारदेखि १० हजार जनासम्म विद्यार्थी अध्ययन गर्न सक्ने गरी मेगा विद्यालयका रुपमा विकास गर्न गुरुयोजना निर्माण गरी आवश्यक शैक्षिक तथा भौतिक पूर्वाधारको विकास गरिनेछ ।
३। ूस्मार्ट कक्षा, स्मार्ट विद्यार्थीू कार्यक्रममार्फत प्रत्येक कक्षामा एक स्मार्ट बोर्डको नीति लिई चालु आर्थिक वर्षमा सबै माध्यमिक विद्यालयमा न्यूनतम एक स्मार्ट बोर्डको व्यवस्था मिलाई शिक्षण सिकाइलाई आधुनिक र प्रविधिमैत्री बनाइनेछ ।
४। भूगोल र विद्यार्थी संख्याका आधारमा विद्यालयको समायोजन तथा शिक्षक दरबन्दी मिलान गरिनेछ ।
५। ूप्रविधियुक्त सिकाइ, विराटनगरको उचाइू भन्ने आदर्श वाक्यका साथ विद्यालय तहबाट नै कृत्रिम बुद्धिमत्ता ९ब्क्ष्०,रोबोटिक्स, पाइथन, कोडिङ जस्ता विज्ञान प्रविधिसँग सम्बन्धित विषय र क्षेत्रसँग परिचित गराइ विद्यार्थीलाई गणित र विज्ञान विषयप्रति रुचि जगाइनेछ ।
६। सबै तह र कक्षाको सिकाइ उपलब्धि विश्लेषण गरी विभिन्न कारणले न्यूनतम सिकाइ उपलब्धि हासिल गर्न नसकेका विद्यार्थीका लागि ूबुष्टर कक्षाू सञ्चालन गरी अघिल्लो शैक्षिक सत्रको तुलनामा न्युनतम १० प्रतिशत सिकाइ उपलब्धि वृद्धि गरिनेछ । विद्यालयमा जाने अनुदानलाई कार्यसम्पादनमा आधारित अनुदानका रुपमा कार्यान्वयन गरी नतिजामा आधारित लगानीलाई प्रोत्साहन गरिनेछ ।
७। विद्यालय हाताभित्र विद्यार्थीका लागि सुरक्षित, सम्मानजनक र दण्डरहित शिक्षण सिकाइ वातावरणका लागि निर्भय विद्या मन्दिरको अवधारणा लागू गरिनेछ। प्रत्येक शुक्रबारलाई पुस्तकरहित दिनका रुपमा मनाउन सञ्चालन गरिदै आएको खेल्दै सिक्दै कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
८। विराटनगरमा सञ्चालित सक्षम विद्यालयले अर्को विद्यालयसँग मितेरी विद्यालयको सम्बन्ध कायम गरी शैक्षिक गुणस्तर अभिवृद्दि, व्यवस्थापकीय सहयोगजस्ता विषयमा आपसमा साझेदारी गराइनेछ ।
९। निजी लगानीमा सञ्चालित विद्यालयले प्रचलित कानुनबमोजिम प्रदान गर्नुपर्ने न्यूनतम १० प्रतिशत छात्रवृत्तिलाई अनिवार्य गरी त्यसको प्रभावकारी कार्यान्वयन हुने व्यवस्था मिलाइनेछ । निजी लगानीमा सञ्चालित विद्यालयले पूरा गर्नुपर्ने दायित्व तथा प्रचलित कानुनको परिपालनाका सम्बन्धमा आवश्यक अनुगमन तथा नियमन गरिनेछ ।
१०। मेयर इन्जिनियरिङ छात्रवृत्ति कार्यक्रमअन्तर्गत महानगर बहुप्राविधिक शिक्षालयमा अध्ययन गर्न चाहने २५ जना विराटनगरवासी विद्यार्थीलाई डिप्लोमा इन इन्जिनियरिङतर्फका विषयमा पूर्ण निःशुल्क छात्रवृत्ति प्रदान गरिनेछ ।
११। माध्यमिक शिक्षा सँगसँगै कामको संसार, शिक्षाको संसार र श्रम बजारमा सफलतापूर्वक प्रवेशको लागि मद्दत गर्ने उद्देश्यले माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाईकामको संसार चिनाउने कार्यक्रम संचालन गरिनेछ।
१२। ुुसिमान्तकृत समुदायको विधालय अब नमुना विधालयुु अन्तर्गत ३ वटा सार्वजनिक विधालयहरुलाई नमुना विधालयको रुपमा विकास गरिनेछ ।
युवा तथा खेलकुद
१० विराटनगरका युवा उद्यमीबाट उत्पादित सामान, वस्तुतथा सेवाको ब्रान्डिङ तथा प्रचारप्रसार गरिनेछ।
२० रोजगारदाताको सहयोगमा युवाहरुलाई इन्टर्नसिप र अप्रेन्टिसीप कार्यक्रम सञ्चालन गरिनेछ ्र
३० युवा वर्गमा सिर्जनशिलता तथा उद्यमशिलताको विकास गराइनेछ ।
४० युवाहरुको सर्वङ्गीण विकासको लागि महानगरस्तरीय युवा सन्जाल निर्माण गरी विभिन्न कार्यक्रम संचालन गरिनेछ।
५० ुुजहाँ खेलकुद, त्यहाँ महानगर”लाई निरन्तरता दिई खेलकुद गतिविधि सञ्चालन गर्ने संस्थाहरुलाई प्रोत्साहन गरिनेछ ।
६० महानगर क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि प्रोत्साहन गरी त्यसका लागि आवश्यक समन्वय तथा सहकार्य गरिनेछ ।
७० विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गरिनेछ ।
बालबालिका
१। “सानै छु बढ्न देऊ, विवाह होइन पढ्न देऊ” भन्ने यथार्थतालाई सफल बनाउन बाल विवाह मुक्त महानगरपालिका घोषणा गर्न किशोरी सशक्तीकरण कार्यक्रमलाई प्रभावकारी बनाइनेछ।
२। बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक, बौद्बिक र संवेगात्मक विकास गर्ने कार्यमा जोड दिंदैआगामी २ वर्षभित्र बालमैत्री नगर घोषणागरिनेछ।
३। नगर तथा वडास्तरीय बाल अधिकार समितिलाई थप क्रियाशील बनाइ संघसंस्थाहरुसँगको समन्वय र सहकार्यबाट सडक बालबालिका, बालश्रम निवारण गर्ने कार्यहरुलाई थप प्रभावकारी बनाईनेछ।
४। बालक्लबको समन्वयमा विद्यालयस्तरमा लागूपदार्थ दुर्व्यसन, साइवर अपराध, लैङ्गिक हिंसा जस्ता बालबालिकाहरुलाई हुने सम्भावित जोखिमबाट बचाउन स्थानीय प्रहरी कार्यालय र विभिन्न संघसंस्थासंग समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
५। मनोसामाजिक समस्यामा परेका बालबालिकाहरुलाई मनोविमर्शकर्ताद्बारा परामर्श सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ। बालक्लबको क्षमता विकासका लागि विभिन्न तालिम कार्यक्रम सञ्चालन बाल सहभागीता अभिबृद्बि गरिने कार्यलाई निरन्तरता दिइनेछ।
६। विराटनगर महानगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नका लागि बालबालिकाहरुको स्थिति प्रतिवेदन र रणनीति योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ।
७। बालबालिकाको सर्वाङ्गिण विकासका लागि कार्यक्रमहरु सञ्चालन गरिनेछ ्र
८। बालबालिकाहरुको उद्बार तथा पुनस्स्थापनाका लागि बाल कोषलाई निरन्तरता दिइनेछ।
महिला
१। “महिलाको आर्थिक सशक्तीकरण हाम्रो अभियान, महिलामाथि लगानी महानगरको पहिचान”नारालाई साकार गर्न महिलाको आर्थिक र सामाजिक सशक्तीकरणका लागि विभिन्न रोजगारमूलक सीप विकास तालिम र सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाइनेछ ।
२। उद्यमशीलता विकास कार्यक्रममा भएको सहयोगलाई क्ष्ललयखबतष्खभ क्तबचतगउ द्यगकष्लभकक मा जोडी उत्पादनलाई स्थानीय बजारमा बिक्री गर्ने व्यवस्था मिलाइनेछ।
३। लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीतिलाई कार्यक्रममार्फत सम्बोधन गर्दैआवधिक योजना कार्यक्रम तथा वार्षिक बजेट तथा कार्यक्रम लैससास दृष्टिकोणबाट तर्जुमा गरिनेछ।
४। सामाजिक क्षेत्रसँग९महिला, बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक० सम्बन्धित खण्डिकृत तथ्याङ्क संकलन गरी अभिलेखीकरण प्रकाशन प्रसारण गर्ने व्यवस्था मिलाइनेछ।
५। एकल महिलाहरुको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिमसहित बिउँ पुँजी उपलब्ध गराउन एकल महिला सुरक्षा कोषलाई थप प्रभावकारी बनाइनेछ ्र
६। “महानगरको चाहना हिंसारहित नगरको कामना“लाई साकार पार्नलैङ्गिक हिंसामुक्त नगर निर्माणको लागि संघसंस्थाहरुको सहयोग र सहकार्यमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य योजनालगायतका कार्यक्रमलाई निरन्तरता दिइनेछ।
७। “न्याय, समानता, रोजगारी(यही हो महिला सशक्तिकरणको तयारी” भन्ने नाराका साथ श्रोत साधन माथि महिलाको समान पहुँच नियन्त्रण र निर्णायक प्रक्रियामा अर्थपूर्ण सहभागिता हुन सक्नेगरी, स्वरोजगारी र उद्यमशिलताको एकीकृत कार्यक्रम सञ्चालनका माध्यमबाट महिलाको सामाजिक र आर्थिक सशक्तीकरण गरिनेछ।
८। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति, दलित समुदाय, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, मधेसी पिछडा वर्गको भाषा, कला,साहित्य तथा संस्कृति संरक्षणमा सहयोग पुर्याउने कार्यक्रम तथा बजेट तर्जुमा गरिनेछ।
ज्येष्ठनागरिक
१। ज्येष्ठ नगारिकहरुको अनुभव र ज्ञानलाई शैक्षिक संस्थाहरुमा पुस्तान्तरणको कार्यक्रम सन्चालन गरिनेछ ्र
२। ज्ञान, सिप, दक्षता र अनुभवको आदान प्रदान गर्न प्रमुख उपप्रमुख तथा ज्येष्ठनागरिकहरुबीच अन्तरक्रिया गरिनेछ ्र
३। ज्येष्ठ नागरिकहरुको लागि आरामगृहरचौतारीको व्यवस्थापन गरिनेछ ।
४। ज्येष्ठ नागरिकहरुको मनोबल उच्च बनाउन दिवासेवा केन्द्र कार्यक्रम संचालन गरिनेछ ।
अपाङ्गता
१। “महानगरको पूर्वाधार अपाङ्गता भएको व्यक्तिको भविष्यको आधार” परिचयपत्र वितरण कार्यलाई सहज बनाउँदै शिविर सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
२। अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य उपचारलाई सहज बनाउन सबै वडामा अभियानको रुपमा शिविर संचालन साथै श्रवनशक्ति नभएका नागरिकहरुलाई लैङ्गिक हिंसा, यौनिक हिंसाबाट जोगाउन सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।
३। स्थानीय तहमा निर्माण हुने पूर्वाधारहरुलाई अपाङ्गतामैत्री बनाउँदै सेवा प्रवाहमा सहज पहुँच पुर्याइनेछ।अपाङ्गता भएका व्यक्तिलाई सीप र स्वरोजगार कार्यक्रम तथा सहयोगी सामग्री वितरणजस्ता अन्य बहुआयमिक कार्यक्रमसञ्चालन गरिनेछ।
४। अपाङ्गता रोकथाम तथा पुनस्स्थापना कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारसँगको साझेदारीलाई निरन्तरता दिइनेछ।
५। अपांगता भएका व्यक्तिहरुको पहिचान निस्शुल्क गराउने नीति लिइनेछ ्र
सामाजिक सुरक्षा तथा पञ्जीकरण
१। घटना दर्तामध्ये जन्म र मृत्युका घटनाले मुलतस् मुलुकको जनसंख्याको आकार र संरचनामा प्रत्यक्ष प्रभाव पार्ने हुनाले जन्म र मृत्युका घटना दर्तालाई शतप्रतिशत गराउन ूव्यक्तिगत घटना दर्ता पूर्णता महानगरपालिकाू घोषणा गरिनेछ ।
२। अस्पताल तथा स्वास्थ्य संस्थामा जन्म र मृत्यु भएका व्यक्तिको अभिलेखलाई दुरुस्त बनाउन द्यच्ःक्ष्क्रम्च्ःक्ष्क् प्रणालीको उपयोग गरिनेछ ।
३। सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण प्रविधिमैत्री बनाउन भ्ँत् मार्फत सर्वसुलभ र सरल ढंगले वितरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
४। हस्तलिखित व्यक्तिगत घटना दर्ता किताबलाई प्रणालीमा प्रविष्टि गरी डिजिटल अभिलेख विधि लागू गरिनेछ ्र
५। व्यक्तिगत घटना शतप्रतिशत दर्ता गराउन महानगरपालिकाका १९ वटै वडामा बृहत जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
६। सामाजिक सुरक्षा तथा पञ्जीकरणसँग सम्बन्धित १९ वटै वडाका कर्मचारीहरुलाई प्रविधिमैत्री तालिम दिएर क्षमता विकास गरिनेछ ।
७। सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न द्यष्यmभतचष्अ प्रविधिकोप्रयोगगरीराष्ट्रिय परिचयपत्रको जैविक विवरणलाई सामाजिक सुरक्षामा आबद्ध गराई नवीकरण गर्ने कार्यलाई निरन्तरता दिइने
८। नेपाली नागरिकता प्राप्त बाबु आमाका १६ बर्ष मुनिका सन्तानको जन्मदर्ता गर्दा जन्मदर्ता प्रमाणपत्रमा राष्ट्रिय परिचयपत्र नम्बर जारी गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
९। ूसहि व्यक्तिलाई सहि समयमा सहि रकम प्रदान, सामाजिक सुरक्षाको हाम्रो अभियानू भन्ने नारा अनुरुप सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य व्यक्तिलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गराउने कार्यलाई निरन्तरता दिइनेछ ।
सामुदायिक विकास
१० सामाजिक विकासमा गैरसरकारी संघसस्थाहरुसँग भइरहेको समन्वय र सहकार्यलाई निरन्तरता दिइनेछ विभिन्न जातजातिको भाषा, कला, साहित्य तथा संस्कृति संरक्षणमा भएका कार्यहरुलाई निरन्तरता दिइएको छ ।
२० लक्षित वर्गको आर्थिक तथा सामाजिक सास्कृतिक रुपान्तरणका लागि भइरहेका कार्यहरुलाई निरन्तरता दिइएको छ ।
३० सबै वडाहरुमा टोल विकास संस्थाहरुको गठन गरि टोल विकास संस्थाहरुको क्षमत्ता अभिवृद्धि गर्दै विकास निर्माण लगायतका कार्यहरुमा सहकार्य गरिनेछ ।
४० मानससेबा आश्रम, वृद्धाश्रम, बालसेवा आश्रम तथा सुरक्षित आवासगृहको संस्थागत व्यवस्थापनमा भएको सहयोगलाई निरन्तरता दिइनेछ ।
जलस्रोत, खानेपानी तथा सरसफाइ
१। “सबैका लागि पानी”भन्ने नीतिअनुरुप शुद्ध पिउनेपानीको निमित्त नगरका विभिन्न स्थानमा निस्शुल्क चिलिंग वाटर प्लान्टको व्यवस्था गरिनेछ ्र
२। ूपानी नै जीवन होूभन्ने मूलमर्मलाई आत्मासात गर्दै पानीको स्रोत संरक्षण, सवर्द्धन र सरसफाइ सम्बन्धी कार्य गरिनेछ ।
३। दिगो विकासले लिएको लक्ष्यअनुरुप सबैका लागि स्वच्छ पानी र सरसफाईको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गरिनेछ ।
४। आमनगरवासीलाई सर्वसुलभ तरिकाले स्वच्छ, शुद्ध खानेपानी वितरणको व्यवस्था मिलाइनेछ ।
५। खानेपानी उत्पादक तथा वितरक संस्थाहरुले आमउपभोक्ताहरुलाई तोकेको मापदण्ड र गुणस्तरीयता कायम राखी शुद्ध खानेपानी वितरण गरे÷नगरेको अनुगमन मूल्याङकन गरिनेछ ।
पशुपन्छी बिकास
१। निःशुल्क पशु स्वास्थ्य शिविर संचालन गरिनेछ साथै विपन्न वर्गका किसानहरुकापशुपंन्छीलाई परजीवि र महामारी सरुवारोग फैलन नदिनका लागि खोपकार्यक्रमलाई निरन्तरता दिइनेछ।
२। व्यवसाय उन्मुख पशुपन्छी फर्म÷समूहलाई विशेष प्राथमिकतामा घाँस खेतीमा जोड दिइनेछ।
३। उपभोक्तालाई स्वस्थ्यकर माछा, मासु उपभोग गर्न र माछा,मासु बजारलाई व्यवस्थित गर्न बजार अनुगमनलाई थप प्रभावकारी बनाइनेछ ्र
४। सफा र स्वच्छ दूध उत्पादनमा वृद्धि गर्न उन्नतपशुउत्पादनका लागि कृत्रिम गर्भाधानको माध्यमबाट नश्लसुधारमा जोड दिइनेछ।
५। व्यावसायिक गाईपालन गर्ने फर्म÷समूह र सहकारीतथा संघसंस्थालाईऋयध ःबतप्रोत्साहन स्वरुप वितरण गरिनेछ।
६। सडक तथा सामुदायिक कुकुरहरुको बन्ध्याकरण र रेबिज विरुद्धको खोप कार्यक्रमलाईथप प्रभावकारी बनाइनेछ । र सडक तथा सामुदायिक कुकुरहरुको व्यवस्थापनका लागि डग सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइने छ ।
७। विराटनगर महानगरपालिका वडा न ८ मधुवनक्षेत्रमा सडक सामुदायिक कुकुरहरुको दिर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
८। नगर क्षेत्रभित्र जग्गा वहालमा लिई पशुपालनका लागि हरियो घाँस वा तरकारी उत्पादन गरेमा वहाल रकममा कर छुटको व्यवस्था गरिनेछ ।
९।
कृषि विकास
१। कृषकहरुलाई धान, गहुँ, मकैको गुणस्तरीय बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराईउत्पादन वृद्धि गराउने कार्यलाई निरन्तरता दिइनेछ ।
२। शहरी कृषि कौशी खेतीमा संलग्न परिवारलाई प्रोत्साहन स्वरुप कम्पोष्ट विन, प्राङ्गारिक मल, विउलगायत अन्य आवश्यक सामग्री र तालिम उपलब्धगराइनेछ । कृषिसम्बन्धी आधारभूत ज्ञान सीप अभिवृद्धि गराउन कृषक समूह, सहकारीलाई अभिमुखीकरण तालिम कार्यक्रम संचालन गरिनेछ ।
३। पोषण तत्वका श्रोत तथा उपयोगबारे सचेतनात्मक तथा व्यावसायिक च्याउ, कुरिलो खेती कार्यक्रम तथा तालिमसंचालन गरिनेछ । साथै नमुना वडा उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ।
४। टनेल प्लाष्टिक तथा प्लाष्टिक मल्चिंगको प्रयोग गरी बेमौसमी तरकारी खेती उत्पादन वृद्धि गरी बजारको मागलाई पदपूर्ती गरिनेछ साथै भूमिगत सिचाईमा जोड दिइनेछ ।
५। आकस्मिक रुपमा रोग किराबाट हुने क्षतिलाई न्यूनीकरण गर्न बाली उपचार शिविर संचालन गरिनेछ साथै जैविक बिषादी बनाउने सम्बन्धीतालिम दिईनेछ ।
६। नगरवासीलाई स्वच्छ ताजा र विषादी रहित तरकारी तथा फलफुल उपलब्ध गराउन विषादी परिक्षण प्रयोगशालाको व्यवस्था गरिनेछ ।
सहकारी
१। “सहकारी शुद्धिकरण हाम्रो अभियान” लक्ष्यका साथसहकारी संस्थालाई व्यवस्थित, नियमसंगत, सुरक्षित र सक्षम बनाइ संस्थागत सुशासन प्रवर्द्धन गरिनेछ।
२। सहकारी संस्थाहरुको निरीक्षण र अनुगमनलाई कानूनसम्मत, नियमित र उपलब्धिमूलक बनाइनेछ।
३। सहकारी ऐन, नियमावली र दिग्दर्शनको संसोधन र आवश्यक कार्यविधिहरु तर्जुमा गर्नुका साथै सहकारी संस्थाहरुको विवरण सुव्यवस्थित रुपमा अभिलेखन गरिनेछ।
४। निष्कृय र समस्याग्रस्त सहकारी संस्थाको पहिचान र व्यवस्थापन गरिनेछ।
५। पुरस्कार र अनुदानमार्फत उत्कृष्ट सहकारी संस्थाहरुलाई सवलीकरण गरिनेछ।
श्रम तथा रोजगार
१० श्रमबजारको मागका आधारमा युवा जनशक्तिको सीप र दक्षता विकास गर्न जव म्याचिङ, जव रेफरल गर्दै रोजगार प्रदायक संघसंस्थारसरोकारवाला निकायहरुसंग समन्वय र सहकार्य गरी स्वदेशमै स्वरोजगार सुनिश्चित गरिनेछ ।
२० गरिबी न्यूनीकरण तथा रोजगारीका अवसरमा वृद्धि गर्नका लागि योजना तथा कार्यक्रम संचालनमा सुचीकृत बेरोजगारहरुलाई प्राथमिकता दिइनेछ ।
३० वैदेशिक रोजगारीमा जाने सम्भावित व्यक्त्तिहरुलाई वैदेशिक रोजगारीमा जानुपूर्व आप्रवासी सुचना केन्द्र बाट उपलब्ध गराउँदै आएको सुचना तथा जानकारीलाई थप प्रभावकारी बनाइनेछ । साथै ठगीमा परेका व्यक्तीहरुको रकम फिर्ता गर्न र पीडकलाई कानुनको दायरामा ल्याउन गरिएको प्रयासलाई सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गरी अझ प्रभावकारी बनाइनेछ ।
४० वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरी वित्तीय साक्षरता तालिम उपलब्ध गराई विशेष व्यवसायिक कार्यक्रममार्फत उत्पादनमूलक कार्यमा लगानी गर्न प्रोत्साहित गरिनेछ
५० “एक घर एक रोजगारी”भन्ने मूल नाराका साथ लक्षित वर्गका लागि विविध क्षेत्रहरुमा निस्शुल्क प्रशिक्षण तथा तयारी कक्षाहरु संचालन गरी रोजगारको वातावरण सिर्जना गरिनेछ।
६० महिला उद्यमशीलता विकासका लागि विशेष तालिम तथा प्रशिक्षण संचालन गरी आवश्यक वित्तीय सहयोग गरी स्वरोजगारको सिर्जना गरिनेछ ्र
७० नगर क्षेत्रभित्र सीपयुक्त जनशक्ति उत्पादन गर्न सीप मेला संचालन गरिनेछ ्र
८० ुुमहानगरको लगानी तपाइको आम्दानीुुभन्ने नीतिलाई साकार पार्न अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको अभिलेख राखि व्यवसाय सञ्चालनमा सहयोग गरिनेछ ।
९० नगरभित्रका सम्पुर्ण श्रमिकहरुको अधिकार सुनिश्चित गर्नका लागि श्रम म्भकप स्थापना गरिनेछ ।
उद्यमशीलता
१। महिला उद्यमशीलता विकासका लागि विशेष तालिम तथा प्रशिक्षण संचालन गरी आवश्यक वित्तीय सहयोग कार्यक्रम ल्याइनेछ ।महिलालाई अटोरिक्सा तथा ई(रिक्सा चालक तालिममा सहभागी हुन प्रोत्साहित गरिनेछ ।
२। परम्परागत सीप र प्रविधिमा आधारित लघुघरेलु उद्योगको संरक्षण गरिनेछ ्र नवप्रवर्तनमा आधारित उधोगहरुको स्थापना गर्न महानगरवासीलाई प्रोत्साहित गर्नुका साथै बिउपुँजीको आवश्यक प्रबन्ध मिलाइनेछ ्र
३। विपन्न वर्गको जीविकोपार्जन सुनिश्चित गर्न गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमलाई प्राथमीकताका साथ कार्यन्वयनमा ल्याइनेछ ्र
४। सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको समेत सहकार्य र समन्वयमा युवा रोजगार र स्वरोजगार प्रवर्द्धन गर्न मागमा आधारित सीपमुलक तालिम संचालनमा ल्याइनेछ ्र
५। महानगर रोजगार मेलालाई निरन्तरता दिई थप रोजगारी सिर्जना गरिनेछ ्र
उपभोक्ता हित संरक्षण
१। उपभोक्ता हित संरक्षणमा काम गर्ने संघसंस्थाहरुसँगको समन्वय र सहकार्यमा विद्यालय, टोल विकास संस्थाहरुमाउपभोक्ता हित सचेतना कार्यक्रम संचालन गरिनेछ ्र
२। बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षणका लागि गरिएको बजार अनुगमन कार्यलाई थप प्रभावकारी बनाइनेछ ।
३। उपभोक्ता हित संरक्षणका लागि सरोकारवाला निकायहरुसँग नियमित बैठक परामर्श छलफल गरी उपभोक्ता हित संरक्षणमा गर्दै आएको कार्यलाई निरन्तरता दिइनेछ ।
सार्वजनिक निजी साझेदारी
१। महानगरपालिका क्षेत्र भित्र सम्भावित सार्वजनिक निजी साझेदारी परियोजनाहरुको पहिचान गरीनिजी क्षेत्रलाई लगानीको वातावरण तयार गरिनेछ ।
२। सार्वजनिक निजी साझेदारी अवधारणाबमोजिम नविनतम परियोजना संचालन गरी नगरबासीहरुलाई रोजगार सृजना गर्ने, दीगो विकास लक्ष्य प्राप्ति र सेवा तथा सुविधा प्रवाह गरी नगरको आन्तरिक आय वृद्धि गरिनेछ्र
३। स्थानीय तहको प्राथमिकतामा रहेको योजनामा निजीक्षेत्रको लगानीलाई प्रवर्द्धन गर्ने वातावरण तयार गरिनेछ ्र
पर्यटन तथा संस्कृति
१। बाह्य तथा आन्तरिक पर्यटकहरुलाई विराटनगर महानगरपालिका क्षेत्रअन्तर्गत रहेका पर्यटकीय गन्तव्यहरुको जानकारी गराउनका तथा सहज पहुँचका लागि पर्यटकीय क्षेत्रका प्रोफाइल तयार गरिनेछ ्र
२। कला साहित्य तथा संस्कृतिको जगेर्ना गर्न आवश्यकताअनुसार प्रशिक्षण, अनुसन्धनात्मक र रचनात्मक कार्य गरी विभिन्नधार्मिक स्थलहरुको सरसफाई,सजावट र कलात्मक पेन्टिङसमेत गरिनेछ ।
३। ऐतिहासिक विराटराजा दरबार क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लगिने कार्यलाई निरन्तरता दिइनेछ ।
भूमी व्यवस्थापन
१० विद्यमान भूमी व्यवस्थालाई व्यवस्थित र प्रभावकारी बनाउन भुउपयोग ऐन, २०७६ र नियमावली २०७९ वमोजिम भुउपयोग जग्गा वर्गिकरण गर्ने कार्यलाई पुर्णता दिइनेछ ।
२० जग्गा वर्गिकरणको कार्य सम्पन्न गरी भुउपयोग योजना तयार गरिनेछ ।
३० सूकूम्वासी, भुमिहीन दलित र अव्यवस्थित वसोवासीहरुको थप लगत संकलन गरी जग्गा वितरण गर्ने कार्यमा भुमि आयोगलाई सहयोग गरिनेछ ।
४० जग्गा खण्डीकरण गर्ने कार्यलाई कानुनअनुसार थप व्यवस्थित गरिनेछ ।
फोहोरपानी प्रशोधन तथा ढल व्यवस्थापन
१। विराटनगर महानगरपालिकामा संचालित फोहोरपानी प्रशोधन तथा ढल ब्यवस्थापन केन्द्रमा रहेको वायो केमिकल प्रयोगशालालाई नगरवासीहरुले पिउने पानी तथामाटो परीक्षण, विभिन्न खाद्य पदार्थहरुको विषादी परीक्षण लगाायत विविध सूक्ष्म जिवाणु ९माईक्रो बायोलोजिकल० परीक्षण प्रयोगशालाको रुपमा कमशः अत्याधूनिक ल्यावको रुपमा विकसित गर्ने कार्यलाइ निरन्तरता दिइनेछ ।
२। पिउने पानीको निःशूल्क आर्सेनिक परीक्षण कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
३। विराटनगर महानगरपालिका क्षेत्रभित्र संचालनमा रहेका ढल संकलन गर्ने टयाड्ढरहरुलाई थपव्यवस्थित संचालन गर्नकालागिढल संकलनपश्चात अनिवार्य प्रशोधन केन्द्रमा विसर्जन गर्ने कार्यलाई कडाईका साथ पालना गरीजथाभावी फालेमा दण्ड जरिवाना गरिनेछ ।
४। विराटनगर महानगरपालिकामा संचालित फोहोर पानी प्रशोधन केन्द्र तथा ढल प्रणाली संचालन इकाईलाई विराटनगर महानगरपालिका,फोहोरपानी प्रशोधन तथा ढल व्यवस्थापन केन्द्रमा रुपान्तरण गर्दै यसको कार्य प्रकृतिको आधारमा अत्यावश्यक सेवाको रुपमा विशिष्टीकृत गरी ढल प्रणालीको क्षेत्रहरुको थप विकास, क्षेत्र विस्तार र समग्र व्यवस्थापन गरिनेछ ।
५। विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ढल संकलन गर्ने टयाड्ढरहरुको व्यवस्थित सञ्चालनका लागि सेफटी टंकी सञ्चालन ब्यवस्थापन कार्यविधि निर्माण गरी लागु गरिनेछ ।
विद्युत
१० महानगरमा संचालित उज्यालो विराटनगर अभियानलाई निरन्तरता दिइनेछ । नगरक्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्ग, प्रादेशिक सडक, पुल पुलेसा, सार्वजनीक स्थल, चौतारा एवं नगरका सबै सडकहरुलाई वर्षभरि नै उज्यालो राख्ने नीति अवलम्वन गरिनेछ ।
२० सडकबत्तीहरुको प्रभावकारी संचालनकालागी आवश्यक जनशक्ति , उपकरण तथा भौतिक सामग्रीहरुको व्यवस्थापन गरिनेछ ।
३० चालू आ।व।२०८१।०८२ देखि शुरु गरिएको नगरका मुख्य मुख्य चौकहरुमा टावर लाइट जडान गर्ने कार्यलाई आगामी वर्ष थप प्रभावकारी रुपमा नगरका अन्य क्षेत्रहरुमा समेत विस्तार गर्दै लगिनेछ ।
४० मेनरोड उत्तरखण्डअन्तर्गतपुष्पलालचौकदेखि पानीटंकीसम्म रहेका सोलारबत्तीहरु विस्तापित गरी एलईडी लाइट जडान गरिनेछ ।
६० आगामी आ।व। २०८२।०८३ देखि नगरका सम्भावित बाढी प्रभावित क्षेत्रहरुमा फ्लड लाइट जडान गर्ने कार्यको सुरुवात गरिनेछ ।
७० महानगरपालिका कार्यालय एवं अन्तरगतका निकायहरु तथा वडा कार्यालयहरुको विधुतीय क्षमता विस्तार एवं सुदृढीकरण तथा विद्यूतिय उपकरण ९इलेक्ट्रो मेकानिकल उपकरण० समेतको नियमित मर्मतसम्हार गर्ने कार्यलाई थप प्रभावकारी वनाइनेछ ।
८० कार्यरत जनशक्तिको क्षमता विकास तथा विद्युतीयदुर्घटना नियन्त्रण एवं न्युनीकरणकालागि आवश्यक उपकरण एवं तालिम प्रदान गरिनुका साथै जोखिमपूर्ण कार्यमा कार्यरत जनशक्तिको सामूहिक दुर्घटना बीमा गरिनेछ ।
पुर्वाधार
१० नगरको दिगो विकासका लागि लागत सहभागिता र सहभागितात्मक विकासको अवधारणाबमोजिम योजना छनौट, निर्माण, अनुगमन, सञ्चालन र मर्मतसम्भार समेतमा स्थानीय सरोकारवाला उपभोक्ताहरुको सार्थक सहभागिता जुटाउने कार्यलाई थप व्यवस्थित गरिनेछ।
२० पूर्वाधार विकासको दृष्टिले पछाडि परेको नगरको पश्चिम दक्षिण क्षेत्रमा सडक नाला, खानेपानी आयोजना निर्माण र डुबानको समस्या समाधानसहितको परियोजना सञ्चालन गर्न संघीय तथा प्रदेश सरकार र विकास साझेदारहरुसँग समन्वय गरिनेछ।
३० महानगरको आर्थिक विकासका लागि अत्यावश्यक विशेष आर्थिक क्षेत्र, प्रादेशिक बसपार्क, हवाई मैदान विस्तार, रिङरोड निर्माण, वाईपास सडक, रंगशाला, संग्रहालयजस्ता आन्तरिक श्रोतबाट मात्र सञ्चालन गर्न नसकिने योजनाहरु सहयोगी र साझेदार संस्थाहरुको सहयोगमा कार्यान्वयनमा ल्याउन पहल गरिनेछ।विराटनगरको ऐतिहासिक गरिमा र पूर्वाधारका हिसाबले गर्व गर्न लायक प्रादेशिक राजधानीका रुपमा विकास गर्ने जनचाहनाबमोजिम विविध क्षेत्रगत गुरुयोजना९क्भअतयचब िःबकतभच एबिल० सहितको आयोजना बैंक९एचयवभअत द्यबलप० तयार गरिनेछ। उक्त योजनाको आधारमा राष्ट्रिय, अन्तर्राष्ट्रिय एवं दातृ निकायको सहयोग परिचालन गरिनेछ ।
४० निर्माण सम्पन्न भएका भौतिक संरचनाहरुको प्रभावकारिता परीक्षण गरी सुधार तथा स्तरोन्नति गर्ने कार्य अगाडि बढाइनेछ। पूर्वाधार निर्माणमा गुणस्तर कायम गराउन निर्माण गुणस्तर चेकजाँचको व्यवस्थालाई थप प्रभावकारी बनाईनेछ।
५० सिंघिया खोला किनारमा सार्वजनिक जग्गाको सिमाङ्कन गरी करिडोर निर्माण कार्यको सुरुवात गरिनेछ । सिंघिया खोलाबाटहुने पानीको इखभचायिध लाई कम गर्नका लागि ध्ष्मभलष्लन र मभभउभलष्लन को कार्य अगाडि बढाइने छ ।
६० न्चयगलम धबतभच चभअजबचनभ का लागि भित्री सडकहरुमाएबखष्लन द्ययिअप द्वारा सडक निर्माणलाई प्राथमिकता दिइनेछ ्र एचभअबकत म्चबष्ल लाई प्रयोगमा ल्याइनेछ ।
७० सम्पूर्ण वडा कार्यालयहरुको आफ्नै भवन बनाउने र भएका वडा कार्यालयहरुमा प्राथमिकताअनुसार तला थप गरी वडाबाट प्रदान गरिने सेवा सुविधालाई थप सहज बनाइने नीतिलाई निरन्तरता दिइनेछ ्र
८० शहरी विकास विभागबाट डिपिआरको अन्तिम चरणमा रहेकोभ्बकतभचल अयचचष्मयच र खानेपानी तथा सरसफाई विभागकोक्ष्लतभनचबतभम ध्बतभच क्गउउथि बलम क्बलष्तबतष्यल एचयवभअत को कार्यान्वयनका लागि थप पहल गरिनेछ ।
९० सडक, नाला, कल्भर्ट तथा पेटी नयाँ निर्माण वा मर्मत सम्भार गर्दा निर्माण सम्पन्नसहित अन्तिम किस्ता भुक्तानी गर्नु पूर्व सडक, पेटी, कल्भर्ट तथा नाला निर्माणका लागि राखिएका सम्पुर्ण निर्माण सामग्री साथै निर्माणमा प्रयोग हुने सेट्रिङ्ग आदि सामग्रीहरु हटाइनेछ ।
१०० घरनक्सा पास प्रक्रियालाई समयानुकुल अनलाइन प्रक्रियाका लागि डिजिटाइजेसन गरिनेछ ।
११० महानगरका सडकहरुको मापदण्ड तोकी नामांकन प्रक्रिया अघि बढाइनेछ ।
प्रशासन तथा जनशक्ति विकास
१। सेवा प्रवाहलाई थप सरल, सहज र गुनासोरहित बनाउन नीतिगत, कानुनी तथा प्रक्रियागत सुधार गरी सार्वजनिक सेवा प्रणालीलाई मितब्ययी, छिटोछरितो र प्रविधिमैत्री बनाउदै लगिनेछ ।
२। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न नगरसँग भगिनी सम्बन्ध कायम गर्दै ज्ञान, सीप, पूजीं र प्रविधिलाई सामाजिक, आर्थिक, मानव संशाधन तथा भौतिक विकासमा उपयोग गरिनेछ ।
३। कर्मचारीलाई अनुशासित, मर्यादित तथा जवाफदेही, मितब्ययी, र चुस्त दुरुस्त राख्न कर्मचारीको ज्ञान, सीप, योग्यता र क्षमताको व्यवस्थापन गर्दै जिम्मेवारीका आधारमा सकारात्मक तथा नकारात्मक उत्प्रेरणाका उपायहरु अवलम्वन गरिनेछ ।
४। कार्यालयमा समयानुकूल सुधार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सार्वजनिक सुनुवाई सेवाग्राही सन्तुष्टि सर्भेक्षण एवं सार्वजनिक परीक्षण अनिवार्य गर्दैटोल फ्री नम्बरलाई अझ प्रभावकारी बनाइनेछ ।
५। करारमा कार्यरत कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिनेछ ।
वित्तीय व्यवस्थापन
१। ुुकर करले हैन रहरले तिरौुुभन्ने नाराका साथ करदाता शिक्षा अभियानसञ्चालन गरी आन्तरिक आय वृद्धि गरिनेछ ।
२। पुराना संरचनाहरुको पुनः नापजाँच गरी सम्पति कर असुल गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
३। स्वयंसेवक परिचालन गरी सञ्चालन भैरहेको करदाता शिक्षा अभियानलाई निरन्तरता दिइ सबै करदाताहरुलाई करको दायरामा ल्याउने कार्यलाई निरन्तरता दिइनेछ ।
४। ुुखुशीले तिरौ कर, बनाऔं समृद्ध महानगरुुभन्ने नारालाई पूरा गर्न कर प्रशासनलाई करदातामैत्री बनाउन प्रविधिको प्रयोगमा जोड दिइनेछ ।
५। करको दरलाई सम्भव भएसम्म न्यून गर्दै करको दायरा विस्तार गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
६। एकल महिला, यौनिक अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिहरुलाई व्यवसाय दर्ता तथा नविकरणमा दिदै आएको कर छुटलाई निरन्तरता दिइनेछ ।
कानुन
१० “हिंसारहित समाजको निर्माणमा सधै महानगर”लैङिक हिंसा पिडित ,असहाय, अपांगता भएका व्यक्तिहरु, विपन्न,ज्येष्ठ नागरिक र बालबालिकालाइ निःशुल्क कानुनी सेवा प्रदान गरिने छ।
२० न्याय सम्पादनको कार्यलाई सूचना प्रविधिको प्रयोग गरी सरल, सहज र सबै नगरबासीको पहुँचयोग्य बनाइनेछ ।
३० महानगरपालिकाद्वारा निर्माण गरिएका स्थानीय कानुनहरुको आवश्यकताअनुसार संशोधन, परिमार्जन तथा एकीकरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
४० ूपारिवारिक मजबुती आर्थिक सम्वृद्धिूलैंगिक हिंसा पिडित व्यक्तिहरुलाइ स्वरोजगारका लागिबीऊपुँजीलाई वृद्धि गरी थप प्रभावकारी बनाई आत्मानिर्भर हुन प्रेरित गरिनेछ।
५० ून्याय महानगरको ध्येयू महानगरभित्रका हरेक घरधुरीमा कानुनी सचेतनाको कार्यलाइ तिव्रता दिइनेछ।
६० ूसुरक्षित मैले काम गर्ने ठाउँ, रोजगारदाता र मेरो उच्च नाउूँ सबै श्रमिक तथा रोजगारदाताहरुलाई श्रम कानूनसम्बन्धी सुसुचित गराइ आफ्नो हक तथा अधिकारको सुनिश्चतता गराइनेछ ।
७० ूसक्षम युवा जनशक्ति,मनमुटुमा देश भक्तिू विद्यालयका बालबालिकालाई लागूऔषध दुर्व्यसन तथा कूलतबाट हुने असरलाई न्यूनिकरण गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिइनेछ।
८० ूमहानगरको आँखा, सबैसँग पुग्ने आशाू न्यायिक समितिबाट भएका मेलमिलाप, निर्णय, आदेश तथा फैसलाहरुको शतप्रतिशत कार्यान्वयनमा जोड दिइ नियमित अनुगमन गरिनेछ साथैश्रव्य दृश्य सामग्री तयार गरी दस्तावेजीकरणगरिनेछ ।
९० विवाद परेका जग्गाको नापजाँच डिजिटल प्रविधिबाट गरी विवाद समाधान गरिनेछ ।
१०० लैङ्किक हिंसामा परेका महिलाहरुलाई वहुपक्षिय क्षेत्रमा९न्यायिक सहयोग, औषधि उपचार, आयमुलक तथा सीपमुलक तालिम सहित पुर्नस्थापना० सहयोग गरिनेछ ।
सूचना तथा सञ्चार
१। महानगरका राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा ख्याति प्राप्त व्यक्तिहरुको अभिलेखीकरण गरिनेछ ।
२। महानगरपालिकाबाट हुने सबै गतिविधिहरुका बारेमा नगरवासीलाई विभिन्न सञ्चार माध्यमबाट सुसूचित गरिनेछ ।
३। स्थानीय सञ्चार माध्यमलाई संस्थागत विकासका लागि उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिइनेछ ्र
४। महिला पत्रकारहरुलाई प्रविधिमैत्री बनाउनका लागि विभिन्न क्षमता अभिवृद्धि तालिमहरुलाई प्राथमिकतामा राखी सञ्चालन गरिनेछ ।
५। विभिन्न संचार माध्यमबाट महानगरपालिकाले संचालन गरेका विकास निर्माण लगायत अन्य कार्यहरुको सूचनाप्रवाहलगायतका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
६। महानगरको छुट्टै सञ्चार नीति निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।
सूचना प्रविधि
ुुप्रविधिमैत्री महानगर, सुशासनको मुल आधारुु
१। कार्यालयको दैनिक कामकारवाहीमा विद्युतीय सुशासनको प्रयोगलाईसुदृढ गर्न नेपाल सरकारद्वारा तयार गरिएको न्भ्ब् ९न्यखभचलmभलत भ्लतभचउचष्कभ ब्चअजष्तभअतगचभ०र न्यखभचलmभलत क्ष्लतभचयउभचबदष्ष्तिथ ँचबmभधयचप लगायतका प्रारूपहरुको कार्यान्वयन गरिनेछ।
२। आम नागरिकको लागि तयार गरिएको सार्वजनिक सेवा प्रदान गर्ने सफ्टवेयरहरुको पहुँच विस्तार गरिनेछ।
३। यस महानगरपालिका अन्तर्गत रहेका सबै सार्वजनिक संस्थाहरुमा आवश्यक द्यबलमधष्मतज को प्राविधिक मूल्याङ्कन गरी गुणस्तरीय इन्टरनेटको व्यवस्था गरिनेछ।
४। कार्यालयबाट प्रदान गरिने अनलाइन सेवालाई चुस्त, दुरुस्त बनाउन हार्डवयेररनेटवर्क पूर्वाधारहरुको सुदृढीकरण तथा विस्तार गरिनेछ।
५। डिजिटल साक्षरता र साइबर सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धिको कार्यक्रमहरु संचालन गरिनेछ ्र
६। नगरवासीहरुमा सूचनाको पहुँच पुर्याउन अधिकतम मात्रामा विद्युतीय प्रणालीहरुको प्रयोग गरिनेछ।
७। नगर क्षेत्रभित्रका विभिन्न स्थानमा ँचभभ ध्ष्(ँष् को व्यवस्थापन गरिनेछ ्र
नगर प्रहरी
१। नगरवासीहरुको समग्र सुरक्षाका लागि मुख्य मुख्य स्थानहरुमा सि।सी। क्यामेरा जडान गरीद्दद्ध सै घण्टा मनिटरिङ्गको व्यवस्था मिलाइनेछ ।
२। नगर क्षेत्रभित्रकासडकलाई अस्तव्यस्त हुनेगरी लाग्दै आइरहेका हाट बजारहरुलाई थप व्यवस्थित गरिनेछ ।
३। पैदल यात्रीहरुको सहजताको लागि जेब्रा क्रसिङ्ग तथा रोड मार्किङ्ग गरी सडक सुरक्षा तथा सहरी सौन्दर्यकरण गरिनेछ ।
४। सडक पेटीमा जथाभावी राखिएका निर्माण सामग्री, अनुमति नलिई राखिएका होडिङ्ग बोर्ड, जथाभावी झुन्डिएका तारहरुलगायतका सामग्रीहरु हटाइनेछ ।
५। अव्यवस्थित रुपमा संचालनमा रहेका कवाडी व्यवसाय, मोटरसाइकल, साइकल मर्मत केन्द्रहरुलाई मापदण्ड बनाई व्यवस्थित गरिनेछ ।
६। छाडा चौपायांहरुलाई कडाइका साथ नियन्त्रण गरिनेछ ।
७। नगर प्रहरी तथा वारूणयन्त्रका कर्मचारीहरुलाई व्यवसायिक तथा विपत व्यवस्थापनसम्बन्धी तालिम दिई विपदको समयमा खटन सक्ने गरी तयारी अवस्थामा राखिनेछ ।
८। सडक किनाराका सुकेका रुखहरु सम्बन्धित निकायहरुसँग समन्वय गरी कटानको व्यवस्था मिलाइनेछ
९। ट्राफिक प्रहरी तथा विषयगत कार्यालयहरुको सहयोगमा सिटी सफारी चालकहरुलाई आवश्यक प्रशिक्षणको व्यवस्था मिलाइनेछ ।
आर्थिक प्रशासन
१० आर्थिक कारोबारलाई थप प्रभावकारी बनाउन कर्मचारीलाई लेखासम्बन्धि थप तालिमको व्यवस्थापन गरिनेछ ।
२० प्रतिस्पर्धाको माध्यमबाट सार्वजनिक खरिद प्रकियाअनुसार कार्यसम्पादन गरिनेछ ्र
३० अन्तिम लेखा परीक्षणबाट औल्याइएका विगतका बेरुजुहरुलाई अभियानको रुपमा सञ्चालन गरि बेरुजु न्युनगर्ने कार्यलाई कडाई साथ कार्यान्वयन गरिनेछ ।
वन वातावरण तथा विपद व्यवस्थापन
१। “हाम्रो नगर हरित शहर”भन्ने नाराका साथहरियाली तथा वातावरणप्रवर्द्धनका लागि वृक्षारोपण साथै बोट विरुवाको संरक्षण गरिनेछ ।
२। नगरलाई स्वच्छ, सफा राख्नका लागि घरबाट दैनिक निस्कने फोहरबाटकम्पोष्ट मल बनाउने कार्यलाई प्राथमिकता दिइनेछ ।
३। वैकल्पिक उर्जाका स्रोतहरु प्रयोग गर्न नविकरणीय उर्जा नीति कार्यान्वयनमा ल्याइनेछ।
४। प्लाष्टिक झोला प्रतिवन्ध सम्बन्धी कार्ययोजना, २०७८ लाईकार्यान्वयनगर्दै वातावारणमैत्री झोला प्रयोगमा ल्याउने उपायहरु अवलम्वन गरिनेछ ।
५। वातावरणीयप्रदुषणहूने क्षेत्रहरु जस्तै उद्योगधन्दा, सवारी साधन र अन्य क्षेत्रबाट हुने वायु प्रदूषण, ध्वनि प्रदूषणफोहरमैलाको व्यवस्थापनकालागि मापदण्ड तयार गरी कार्यान्वयन गरिनेछ भने प्रदुषण कम गर्ने उद्योगलाई प्रोत्साहन गरिनेछ ।
६। वातावरणप्रदुषणरोकथाम र नियन्त्रण गर्ने कार्यलाई थप प्रभावकारी वनाइनेछ ।
७। विभिन्न वडाहरुमा रहेका ऐलानी जमिन पहिचान गरी पार्क तथा मनोरञन स्थल निर्माण गरिनेछ ्र
सरसफाई व्यवस्थापनः
१। नहर, पार्क, सडक किनारालगायत सार्वजनिक स्थलहरुको सरसफाईमा स्वयंसेवकको रुपमा कार्य गर्ने व्यक्ति तथा संस्थाहरुलाई महानगरपालिका बाट सम्मान गरिनेछ ।
२। घर, पसल, व्यवसाय अगाडिको क्षेत्रको फोहोर व्यवस्थापन, हरियाली तथा सुन्दर एवं रमणीय बनाउने व्यक्ति तथा संस्थाहरुलाईसम्मान गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
३। टोलको फोहोर व्यवस्थापन, हरियाली तथा सुन्दर एवं रमणीय बनाउने संस्थालाई महानगरपालिकाबाट सम्मान गरिनेछ ।
४। फोहर उत्पादकले फोहर जथाभावी फालेको प्रमाण प्राप्त भएमा फोहर फाल्ने वा फाल्न लगाउने व्यक्तिलाई दण्ड जरिवाना गरिनेछ ्र
५। महानगरपालिकाद्वारा जारी फोहोरमैलाव्यवस्थापनकार्यविधि, २०८१ लाई कडाईका साथ लागू गरिनेछ
विपद व्यवस्थापन
१। ×जोखिममुक्त शहर विराटनगरूभन्ने नारालाई साकार पार्नविद्यालयका शिक्षक, विद्यार्थी, युवा,जोखिममा रहेको समुदाय लक्षित विपद् जोखिम न्यूनिकरण सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
२। विपद् व्यवस्थापन कोषलाई निरन्तरता दिदै स्थानीय आपत्कालीन केन्द्रका लागि आवश्यक सामग्री व्यवस्थापन गरी उद्धार कार्यलाई प्रभावकारी बनाइनेछ ।
३। अत्यन्त गरिब श्रमजीवी नागरिकलाई जाडोयाममा हुने शीतलहर, तातो हावाको लहर तथा लूको प्रभाव कम गर्न ज्भबत ब्अतष्यल एबिलअनुसारका गतिविधिहरु सञ्चालन गरिनेछ ।
४। भान्साकोठाबाट हुनसक्ने आगलागी जोखिम नियन्त्रणका लागि भान्साकोठा सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
५। प्राकृतिक प्रकोपबाट विस्थापित परिवारलाई छोटो समयका लागिव्यवस्थापन गर्न तोकेको केन्द्रमध्ये तीन वटा केन्द्रलाई नमुना केन्द्रको रुपमा विकास गरिनेछ ्र
६। नगर भित्र भएका घर, पसल, व्यवसाय, गोदाम, कवाडी व्यवसाय आदिमा जोखिम अवस्था पहिचान गरी व्यवस्थापन गराइनेछ ्र
आदरणीय नगर सभाध्यक्षज्यू तथा सभासदस्यज्यूहरु ,
अब म आर्थिक वर्ष २०८१।०८२ जेठ मषान्तसम्मको यथार्थ आय र व्यय प्रस्तुत गर्दछु। आर्थिक वर्ष २०८१।०८२ का लागि संशोधित कुल आय रु। ३ अर्ब ५० करोड ३० लाख ८६ हजार अनुमान गरिएकोमा २०८२ जेठ मसान्तसम्ममा रु। २ अर्ब २६ करोड ३५ लाख २३ हजार २ सय ७ रुपैयाँ अर्थात ६५ प्रतिशतयथार्थ आय भएको छ ।
संघीय सरकार वित्तीय समानीकरण अनुदानबापत रु ३२ करोड ६६ लाख अनुमान गरिएकोमा रु। २९ करोड ९६ लाख ८८ हजार १ सय ६०रुपैयां, प्रदेश सरकार वित्तिय समानीकरण अनुदानबापत रु। २ करोड ४९ लाख २९ हजार अनुमान गरिएकोमा रु। २ करोड ४९ लाख २९ हजार प्राप्त भएको छ ।
यसैगरीराजस्व बाँडफाँडतर्फ मूल्य अभिवृद्धि करवापत रु. १६ करोड १६ लाख १ हजार ४ सय २१ रुपैया अनुमान गरिएकोमा रु। ११ करोड ८९ लाख ३३ हजार ८ सय ९२ रुपैयाँ, अन्तःशुल्कबापत रु। ५ करोड ८६ लाख ९८ हजार ५ सय ७९ रुपैयाँ अनुमान गरिएकोमा रु। ५ करोड २१ लाख ८४ हजार ६ सय ५२ रुपैया, मनोरञ्जन कर बापत रु। ४० लाख अनुमान गरिएकोमा रु। २९ लाख ३६ हजार ८४ रुपैया, विज्ञापन कर वापत रु।६० लाख अनुमान गरिएकोमा रु। ३८ लाख ९५ हजार १ सय ८९ रुपैया, सवारी साधन कर वापत रु। ३ करोड ८७ लाख १ हजार अनुमान गरिएकोमा रु। ३ करोड ८९ लाख ८ हजार ४ सय ९० रुपैयाँ र घरजग्गा रजिष्ट्रेसन बापत रु। ५६ करोड ६४ लाख ७३ हजार अनुमान गरिएकोमा रु। २७ करोड ८७ लाख १९ हजार ८ सय ७७ रुपैयां प्राप्त भएको छ ।
आन्तरिक राजश्वतर्फ रु। १ अर्ब १० करोड ७९ लाख १० हजार अनुमान गरिएकोमा रु। ४३ करोड ८५ लाख ४३ हजार ५ सय ३८ रुपैयां मात्र यथार्थ आय भएको छ ।
संघीय सरकार सशर्त अनुदानतर्फ रु। ८० करोड ८४ लाख ७५ हजार अनुमान गरिएकोमा रु। ७७ करोड ८४ लाख ८५ हजार प्राप्त भएको छ भने विशेष अनुदानतर्फ रु। ७ करोड ५० लाख अनुमान गरीएकोमा रु। ४ करोड ५ लाख ५० हजार र समपुरक अनुदानतर्फ रु। १ करोड १० लाख अनुमान गरिएकोमा रु। ४३ लाख प्राप्त भएको छ । यसैगरी प्रदेश सरकार सशर्त अनुदान तर्फ रु। ४ करोड २२ लाख ४३ हजार अनुमान गरीएकोमा सोही बराबरको रकम प्राप्त भएको छ भने समपुरक अनुदान तर्फ रु। २ करोड अनुमान गरिएकोमा रु। १ करोड ३२ लाख मात्र प्राप्त भएको छ ।
यसै गरी अन्य संघसंस्था अनुदान वापत रु। १४ लाख ५५ हजार अनुमान गरिएकोमा रु। ७ लाख ५९ हजार ८ सय ३ रुपैयां मात्र अनुदान प्राप्त भएको छ भने सडक बोर्डतर्फ रु। १ करोड ५० लाख अनुमान गरिएकोमा रु। २२ लाख ५२ हजार २६ रुपैया प्राप्त भएको छ । यसैगरी नगर विकास कोष ऋण रु। १ करोड अनुमान गरिएकोमा हालसम्म उक्त ऋण लिइएको छैन । त्यसैगरी मौज्दात बापत रु। २२ करोड ५० लाख अनुमान गरिएकोमा रु। १२ करोड २९ लाख ९४ हजार ४ सय ९६ मात्र यथार्थ मौज्दात भएको छ ।
आदरणीय नगर सभाध्यक्षज्यू तथा सभासदस्यज्यूहरु ,
अब म आर्थिक बर्ष २०८१।०८२ जेठ मषान्तसम्मको यथार्थ व्यय प्रस्तुत गर्न चाहन्छु ।आर्थिक वर्ष २०८१।०८२ का लागि संसोधित कुल व्यय रु। ३ अर्ब ५० करोड ३० लाख ८६ हजार अनुमान गरिएकोमा २०८२ जेठ मसान्तसम्ममा रु। १ अर्ब ७३ करोड ८३ लाख ९३ हजार ९० रुपैयाँ अर्थात ५० प्रतिशत मात्र यथार्थ व्यय भएको छ ।
उक्त्त व्यय मध्ये चालु खर्च तर्फ रु। १ अर्ब ७८ करोड १५ लाख ८६ हजार ७ सय अनुमान गरिएकोमा रु १ अर्ब २० करोड २३ लाख ३६ हजार ४ सय ३८ रुपैयाँ अर्थात ६७ प्रतिशत मात्र खर्च भएको छ । पुंजीगततर्फ रु। १ अर्ब ६७ करोड १४ लाख ९९ हजार ३ सय अनुमान गरिएकोमा रु। ५१ करोड ९ लाख ८० हजार ४ सय ८८ रुपैंयाँ अर्थात ३१ प्रतिशत मात्र खर्च भएको छ । वित्तीय खर्च तर्फ रु। ५ करोड अनुमान गरिएकोमा २०८२ जेठ मसान्तसम्ममा रु। २ करोड ५० लाख ७६ हजार १ सय ६४ रुपैया खर्च भएको छ ।
आदरणीय नगर सभाध्यक्षज्यू तथा सभासदस्यज्यूहरु
अब म आर्थिक वर्ष २०८२।०८३ कालागि अनुमानित आय र व्यय प्रस्तुत गर्न चाहन्छु । संघीय सरकार वित्तीय समानीकरण अनुदान तर्फरु ३४ करोड ३४ लाख, प्रदेश सरकार वित्तिय समानीकरण अनुदान तर्फ रु ३ करोड ६२ लाख ३० हजार,राजस्व बाँडफाँडबाट प्राप्त हुने राजस्वमध्ये मूल्य अभिवृद्धि करतर्फ रु १५ करोड ३९ लाख, अन्तःशुल्कतर्फ रु ५ करोड १३ लाख,मनोरञ्जन तथा विज्ञापन कर रु १ करोड र सवारी साधन कर तर्फ रु ३ करोड ८ लाख,घरजग्गा रजिष्ट्रेसन तर्फ रु ९४ करोड६० लाख ३ हजार अनुमान गरेको छु ।यसै गरी आन्तरिक राजस्वतर्फ १ अर्ब ४० करोड, संघीय सरकार सशर्त र समपुरक अनुदान रु ८३ करोड ३४ लाख, प्रदेश सरकार सशर्त अनुदान रु ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपाल रु १ करोड ५० लाख,अन्यसंघसंस्था १६ लाख,नगद मौज्दात रु १४ करोड समेत कुल रु ४ अर्ब ४०लाख कोआय अनुमान प्रस्तुत गरेको छु ।
आदरणीय नगर सभाध्यक्षज्यू तथा सभासदस्यज्यूहरु
अब म आर्थिक बर्ष २०८२।०८३ कोअनुमानित व्यय प्रस्तुत गर्न चाहन्छु । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु ६४ करोड ७५ लाख,ऋणको सावा व्याज भुक्तानीका लागि रु ५ करोड, चालु आवको भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमहरुका लागि रु ८ करोड विनियोजन गरेकोछु। यसै गरी भौतिक पुर्वाधार तर्फ समपुरक योजनाहरुका लागि रु ६ करोड २० लाख,वहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सारी आएका योजनाहरुको लागि रु ७० सत्तरी करोड, नगरका विभिन्न सडक मर्मत सम्भारका लागि रु १० करोड,फोहोरपानी प्रशोधन केन्द्रका लागि रु २ करोड ६० लाख, विद्युतीकरण कार्यक्रमका लागि रु २ करोड,भवन संहिता तथा निर्माण इजाजतका लागि रु १ करोड ६५ लाख, सडक पुर्वाधार तथा बस्ती विकासका लागि रु १० करोड २७ लाख १२ हजार, सडक बोर्डबाट सञ्चालन हुने योजनाहरुका लागि रु १ करोड ५०लाख साथै नगरस्तरीय योजनातर्फ रु ६४ करोड ६१ लाख१ हजार गरी पूर्वाधार विकासतर्फ कुल रु १ अर्ब ६८ करोड ८३ लाख १३ हजार विनियोजन गरेकोछु ।
वडा कार्यालयतर्फ वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि रु द्धघ करोड छट लाख घद्द हजार विनियोजन गरेकोछु। विषयगत क्षेत्रमध्ये सामाजिक विकास तर्फ शैक्षिक विकास कार्यकमका लागि रु ७५ करोड ५१ लाख ३० हजार,स्वास्थ्य कार्यक्रमका लागि रु १५ करोड ३५ लाख,महिला लक्षित कार्यक्रमका लागि रु९१ लाख, बालबालिका लक्षित कार्यक्रमका लागि रु ५० लाख, युवा विकास कार्यक्रमका लागि रु ३८ लाख, आदिवासी जनजाति दलित मधेशी पिछडा वर्ग यौनिक अल्पसंख्यक कार्यक्रमका लागि रु ४० लाख, खेलकुद विकास कार्यक्रमका लागि रु ९० लाख, जेष्ठ नागरिक कार्यक्रमका लागि रु २० लाख,अपाङ्कता क्षमता विकास कार्यक्रमका लागि रु २५ लाख, खानेपानी सरसफाई रु २० लाख, सार्वजनिक निजी साझेदारी रु २५ लाख, सामाजिक सुरक्षा तथा पञ्जीकरणरु ३० लाख,रोजगार प्रवर्द्धन कार्यक्रम रु ६९ लाख र संघसंस्था अनुदान रु ५ करोड ५ लाख समेत गरीसामाजिक विकास तर्फरु १ अर्ब ८९ लाख ३० हजारविनियोजन गरेको छु ।
यसै गरी आर्थिक विकास क्षेत्रतर्फ कृषि विकास कार्यक्रमका लागि रु१ करोड ५ लाख, पशुपंक्षी तथा भेटनरी कार्यक्रमका लागि रु ८५ लाख २५ हजार, सहकारी तर्फ रु २४ लाख, उधमशिलता विकासतर्फ रु ४७ लाख, उपभोक्ता हित संरक्षण तर्फ रु १० लाख, पर्यटन प्रवर्द्धन तर्फ रु २५ लाख गरी आर्थिक विकासतर्फ रु २ करोड ९६ लाख २५ हजार विनियोजन गरेको छु ।
विपद व्यवस्थापनतर्फ रु १ करोड २० लाख, वन वातावरण तथा जैविक विविधतातर्फ रु ३० लाख र सरसफाई कार्यक्रमतर्फ रु १ करोड ६० लाख गरी वन वातावरण तथा विपद व्यवस्थापनतर्फ रु ३ करोड १० लाख विनियोजन गरेको छु ।
यसैगरीसुशासन तथा संस्थागत विकास क्षेत्रतर्फ राजस्व सुदृढीकरणका लागिरु ३० लाख,नगरप्रहरी तथा ट्राफिक व्यवस्थापन रु ४० लाख,सूचना तथा सञ्चार ९मिडिया० रु ६० लाख,सूचना तथा प्रविधि तर्फ रु ८० लाख, सुशासन तथा सेवा प्रवाहका लागि रु ८० लाख, कानुन तथा न्यायिक समिति तर्फ रु ४० लाख गरी सुशासन तथा संस्थागत विकासतर्फ रु ३ करोड ३० लाख रुपैयाँ समेत गरी कुलजम्मा रु४ अर्ब ४० लाख व्यय अनुमान गरेकोछु ।
आदरणीय नगर सभाध्यक्षज्यू तथा सभासदस्यज्यूहरु
प्रस्तुत नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफनो महत्वपुर्ण राय, सल्लाह तथा सुझाव दिनुहुने राजनैतिक पार्टीका प्रतिनिधिज्यूहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिज्यूहरु, नगर कार्यपालिकाका सदस्यज्यूहरु,नागरिक समाजका व्यक्तित्वहरु,सञ्चारकर्मी र राष्ट्रसेवक कर्मचारीहरुप्रति हार्दिक आभार व्यक्तगर्दछु।यसै गरी समृद्ध महानगर बनाउन सहयोग गर्नुहुने प्रदेश सरकार, नगरबासी, अग्रज लब्धप्रतिष्ठित महानुभावहरु, स्थानीय प्रशासन, विकास साझेदार संस्थाहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
अन्त्यमा सम्मानित सभाबाट आर्थिक वर्ष २०८२।०८३ को वार्षिक निति,कार्यक्रम तथा बजेट नगर सभाका सबै सदस्यहरुबाट व्यापक छलफल गरी पारित भएपश्चात योजना तथा कार्यक्रम कार्यान्वयनमा समेत हातेमालो गर्दै समृद्ध महानगर बनाउन विगतमा झैं सहयोगको अपेक्षा राख्दै यहाँहरु सबैलाई विशेष धन्यवाद दिन चाहन्छु ।
धन्यवाद
शिल्पा निराला कार्की
उपप्रमुख
विराटनगर महानगरपालिका
२०८२ असार १० गते







