रौतहट , असार ७ गते , इशनाथ नगरपालिकाको ११ औ नगर सभा अधिविशन भव्यताको साथ सम्पन्न भएको छ । नगरपालिकाको आफ्नै सभा हलमा भएको ११ औ नगर सभा अधिवेशन विधिवत रुपमा पानसमा बत्ती बाली नगरपालिकाका नगर प्रमुख कौशलया देवि , प्रमुख अतिथी डाक्टर रामस्वरुप सिंह , नगर उप प्रमुख प्रवेज आलम , प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ताले संयुक्त रुपमा उदघाटन गरेका थिए । कार्यक्रम उदघाटन पछि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ता स्वागत मन्तव्य राख्दै कार्यक्रमा उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए । नगरपालिकाका नगर प्रमुख कौशलया देविको अध्यक्षतामा सुरु भएको ११ औ नगर सभा अधिवेशनमा पुर्व शिक्षा सचिव डा रामस्वरुप सिंह प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए । नगरपालिकाको ११ औ नगर सभा अधिवेशनमा पालिकाका उप प्रमुख प्रवेज आलम , पालिका प्रमुख प्रसाशकिय अधिकृत नन्दकिशोर गुप्ता विशिष्ट अतिथिका रुपामा आशन ग्रहन गरेका थिए । अगामी आर्थिक वर्ष ८२र८३ लागि नीति कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख कौशलया देविले पालिका भित्रका कृषक , पशुपालक तथा जनतालाई लक्षित गरि नीति कार्यक्रम प्रस्तुत गरेका थिइन । त्यस्तै अगामी आर्थिक वर्ष ८२र८३ का लागी अनुमानित बजेट प्रस्तुत गर्दै नगरपालिकाका नगर उप प्रमुख प्रवेज आलमले ४९ करोड्क ६५ लाख ५२ हजार ४ सय ९७ रुपैयाको बजेट प्रस्तुत गरेका थिए । ११ औ नगर सभा अधिवेशमा नगरपालिकाका वडा नम्बर १ देखि वडा नम्बर ९ सम्मका सम्पुर्ण वडा अध्यक्ष वडा सदस्य तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । अगामी आर्थिक वर्ष ८२र८३ को नीति कार्यक्रम तथा अनुमानित बजेट वक्तव्यमा पालिकाका जनसमुदाय , समाजसेवी लगायत अगुवाहरुको उल्लेखनिय सहभागि भएका थिए । कार्यक्रमा सञ्चारकर्मी , सुरक्षाकर्मी लगायतको समेत सहभागिता रहेको पालिकाका लेखा शाखा प्रमुख मनोज ठाकुरले बताएका हुन ।








