रौतहट असार ०६ गते , रौतहट जिल्लाको राजदेवी नगरपालिकाले आफ्नो १४ औ नगर सभा अधिवेशन सुरु गरेको छ । राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवको अध्यक्षतामा सुरु भएको नगर सभा अधिवेशन नगरपालिकाको सभाहलमा नै सुरु भएको छ । पालिकाको १४ औ नगर सभा अधिवेशनका प्रमुख अतिथिका रुपमा जिल्ला समन्वय समिति रौतहटका सभापती राम अयोध्या राय यादव उपस्थित भएका हुन । कार्यक्रममा नगर सभाको १४ औ अधिवेशनमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रल्व कायस्त सचिवका रुपमा आशन ग्रहण गर्नु भएको छ । नगर सभा अधिवेशन कार्यक्रममा राजदेवि नगरपालिकाका वडा नम्बर १ देखि वडा नम्बर ९ सम्मका सम्पुर्ण वडा अध्यक्ष र वडा सदस्यहरुको उपस्थिती रहेको छ भने उलेख्निय मात्रा स्थानिय जनसमुदायहरुको सहभागिता रहेको छ । पालिकाको १४ नगर सभा अधिवेशन कार्यक्रम सञ्चारकर्मी , सुरक्षाकर्मी , नगर प्रहरीको उपस्तिथिमा सुरु भएको छ । अधिवेशन बाट आज प्रस्तुत हुने अगामी नीति कार्यक्रम तथा बजेट पालिकाका जनताहरुको माग , अहिलेको आवश्यकता लाई सम्बोधन गर्छ्न भने उपस्थित जनसमुदायको अपेक्षा रहेको छ ।।








