चन्दन कुमार

रौतहट असार ५ गते ,बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदिप यादवले विद्यालय भवनका लागि शिलान्यास गर्नु भएको। रौतहट जिल्लाको पक्षमी भेगमा पर्ने बौधिमाई नगरपालिकाका नगर प्रमुख यादवले नगर भित्रका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रादन गर्न सहज होस भन्ने उदेशयाले एक कार्यक्रमका विच चार कोठे विद्यालय भवनका लागि आज विधिवत रुपमा शिलान्यास गर्नु भएको छ । राजनीतिमा सक्रीय भएको बेला देखि नै शिक्षा क्षेत्रलाई बढि प्राथमिकता दिदै आएका युवा नगर प्रमुख यादवले नगरपालिकाको वडा नम्बर ७ बंकुल मा रहेको श्री प्राधमिका विद्यालय बंकुलको लागि चार कोठे भवनका लागि शिलान्यास गर्नु भएको छ। शिलान्यास गर्दै नगर प्रमुख यादवले ठेकदार कम्पनीलाई समयमा कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए। विद्यालय भवनका लागि शिलान्यास कार्यक्रममा बौधिमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरी , वडा नम्बर ७ बंकुलका वडा अध्यक्ष नरेन्द्र कुमार सिन्हा लगायत स्थानियाहरुको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here