चन्दन कुमार

जेठ ३ गते , रौतहट जिल्लाको कटहरीया नगरपालिकाको ११ औ नगर सभा अधिवेशन भव्यताको साथ सुरु भएको छ । आज मंगलबार कटहरीया नगरपालिकाको कार्यालय परिसर भित्र आयोजना भएको ११ औ नगर सभा अधिवेशन नगरवासिहरुको उलेख्निय सहभागितामा भइ रहेको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विरबहादुर लहेराले स्वागत मन्तव्य राख्नु भएको थियो । पालिकाको ११ औ अधिवेशनमा नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले अगामी आर्थिक वर्ष ८२र८३ का लागि बजेट प्रस्तुत गर्नु भएको छ । बजेट प्रस्तुत गर्न अघि नगर प्रमुख जयसवालले पालिका भित्रका जनतामा विभिन्न विपक्षी दल तथा नेताहरुले खानेपानी समस्या बारे क्षरेको भ्रमलाई चिर्दै नागरिकहरुलाई शुध खानेपानी बाट पालिकाका पुर्व नगर प्रमुख सियाराम कुशवाहा , मेयर प्रत्यासी नसरुदिन अन्सारी र खानेपालिका अध्यक्ष योगेन्द्र साहले वञ्चित बनाएको आरोप लगाउदै बजेट प्रस्तुत गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here