आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले सुनचाँदी क्षेत्रलाई लक्षित गरी लगाइएको ‘विलासी कर’ विरुद्ध सोमबार काठमाडौंमा सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले प्रदर्शन गरेका छन् ।
सुनचाँदी व्यवसायीहरूले ‘हेलो सरकार, सुनका कुरा सुन, हिरा–जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर, उच्च कर हटाउ, व्यापार बचाउ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गर्दै सरकारको निर्णयको विरोध जनाएका हुन् ।
सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले सरकारसँग वार्ता गरी सुनचाँदीमाथिको ‘विलासी कर’ हटाउन माग गरेको छ । उनीहरूले माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
सरकारले बजेटमार्फत सुन, चाँदी, हिरा, र अन्य बहुमूल्य पत्थरहरूलाई विलासी वस्तुमा राखेर तिनमा १३ प्रतिशतसम्मको मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य शुल्कहरू लगाउने प्रस्ताव गरेको थियो । यही निर्णयको विरोधमा व्यवसायीहरू सडकमा उत्रिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here