अनिल तामाङले आरएनजिसी वार्षिक क्याडी गल्फ प्रतियोगिता २०२५ को उपाधि जितेका छन् । रोयल नेपाल गल्फ क्लबमा कूल ११३ स्कोर जोड्दै उपाधि जितेका हुन् । उनले रोहित ३ स्ट्रोकले हराए। उपाधिसँगै नगद २१ हजार हात पारे ।
रोयल नेपाल गल्फ क्लबमा रोहित आचार्य ११६ स्कोरका साथ दोस्रो भए । उनले नगद १६ हजार हात पारे । वीर बहादुर तामाङ ११९ स्कोरसहित तेस्रो तथा कृष्ण नेपाल र दिपेश श्रेष्ठ चौथो र पाँचौं स्थानमा रहे ।
महिलातर्फ पार्वती सुबेदिले ९३ स्कोरमा उपाधि सहुतगर्दै १० हजार ५ सय प्राप्त गरिन्। गीता तामाङ ९९ स्कोरका साथ दोस्रो र सुभानी भट्ट १०८ स्कोरमा तेस्रो भए। छैटौं होलम होल(इन(वनको सफलता प्राप्त गरेकी संगीता बलम्पिकालाई ५ हजार प्रदान गरियो ।
विदुर तामाङले दुई बर्डीसहित मोस्ट बर्डिज, कृष्ण सिंहले लङ्गेस्ट ड्राइभ र विजय तामाङले क्लोजेस्ट टु द पिनको उपाधि जिते ।
दुई दिने प्रतियोगितामा स्ट्रोक प्ले फम्र्याटअन्तर्गत स्क्र्याच ह्यान्डिक्यापमा खेलाइएको थियो । प्रतियोगितामा सबै खेलाडीले १८ होल पुरा गरेपछि कट लागू गरिएको थियो । जसअनुसार उत्कृष्ट १७ क्याडीले अन्तिम ९ होल खेल्ने मौका पाएका थिए । प्रतियोगितामा कूल १ लाख ४३ हजार ५ सय नगद पुरस्कार राखिएको थियो ।
विजेताहरुलाई आरएनजिसी अध्यक्ष मधुकर याकतुम्बा, क्लब क्याप्टेन मिथुन राई, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, महासचिव दीपक आचार्य, पूर्व पीजीए नेपालका अध्यक्ष घनश्याम थापा तथा महिला गल्फर गीता गुरुङले पुरस्कार वितरण गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here