रौतहटको दुर्गा भगवती गाउँपालिकाको आयोजनामा आज एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। स्वास्थ्य सेवा विस्तारको उद्देश्यले आयोजित यो शिविर EyeSeva.org को सहयोगमा सम्पन्न गरिएको हो। कार्यक्रम दुर्गा भगवती गाउँपालिका वडा नं. २ स्थित विद्यालय परिसरमा सम्पन्न भएको थियो। शिविरमा दर्जनौँ स्थानीय बासिन्दाले आँखा परीक्षण सेवा प्राप्त गरे। विशेषगरी बुढ्यौलीसँगै आउने दृष्टिदोष, आँखाको संक्रमण र मोतियाबिन्दु जस्ता समस्याको जाँच तथा परामर्श प्रदान गरिएको थियो। शिविरमा गाउँपालिकाका अध्य्क्ष शम्भू सिंह ,प्रमुख प्रशासकिय अधिकृत नवीन श्रीवास्तव, स्वास्थ्यकर्मी तथा सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सबैलाई फुलमाला र गम्छा ओढाएर स्वागत गरिएको थियो। गाउँपालिकाका अध्यक्षले यस्तो प्रकारका स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रका बासिन्दालाई सस्तो, सहज र गुणस्तरीय सेवा प्रदान गर्न मद्दत गर्ने बताए। उनले आगामी दिनमा अन्य स्वास्थ्य सम्बन्धी शिविरहरू पनि सञ्चालन गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा २५०जना बिरामीको आँखा चेक जांच गरेको दुर्गाभगवति गाउँपलिका को स्वास्थ्य सयोंजक दिनेश महतो ले जनकारी गराउनु भएको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्थाहरु, स्वास्थ्यकर्मीहरू तथा स्वयंसेवकप्रति आयोजक समितिले आभार व्यक्त गरेको छ।







