जनकपुर । मधेश प्रदेश सभाको पाँचौं अधिवेशन आगामी जेष्ठ २१ गते बुधबार दिउँसो १ बजेबाट सुरु हुने भएको छ ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखबाट जेष्ठ ११ गते बसेको प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकको निर्णयका आधारमा प्रदेश सभाको अधिवेशन आह्वान गरिएको जानकारी दिएका छन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार अधिवेशन आह्वान गरिएको जनाइएको छ । प्रेस विज्ञप्तिमा भनिएको छ, ‘माननीय प्रदेश प्रमुखज्यूबाट प्रदेश सरकार (मन्त्रिपरिषद्) को जेष्ठ ११ गतेको बैठकबाट प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आए बमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम विक्रम सम्बत् जेष्ठ २१ गते बुधबार दिउँसो १ बजेबाट लागू हुने गरी मधेश प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।’ यस अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट सम्बन्धी छलफल हुनुका साथै केही महत्वपूर्ण विधेयकहरु पनि पेस हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here