रौतहट,

रौतहट बाट प्रसारित जिल्लाको एक मात्र टेलिभिजन तथा मधेस प्रदेशका पहिलो सेटालाईट टेलिभिजन रेड टेलिभिजनकी संस्थापक अध्यक्ष स्वर्गीय रामा देवी यादवको आज परेको जन्म दिनको शुभ उपलक्ष्यमा प्रादेशिक अस्पताल गौरमा उपचाररत रहेका विरामीहरुलाई फलफुल वितरण गरी जन्मदिन मनाईएको छ। स्वार्गीय यादवको जन्मदिनको अवसर तथा सम्झनामा आयोजना गरीएको सो फलफुल वितरण कार्यक्रमा अन्तर्गत अस्पतालमा उपचाररत झन्डै ७० जना विरामी तथा उपचारमा खट्ने नर्स र डाक्टरलाई वितरण गरीएको छ। संचार क्षेत्र र समाजिक सेवामा सक्रीय रहेकी संस्थापक स्वर्गीय अध्यक्ष यादवको जन्मदिनको अवसरमा यसरी नै प्रत्यक वर्ष वैशाख २७ गते सामाजिक कार्य गरी जन्मदिन मनाईदै आएको वर्तमान अध्यक्ष तथा स्वर्गीय यादवके श्रीमान् जय प्रकास यादवले बताएका हुन । प्रादेशिक अस्पताल गौरमा विरामीहरुलाई फलफुल वितरण गरीएको कार्यक्रममा स्वर्गीय यादवको श्रीमान् जय प्रकास यादव , अस्पताल व्यवस्थापक समिति अध्यक्ष अनवर हास्मी , लगायत डाक्टरहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here