प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत उनले सम्पूर्ण सञ्चारकर्मीमा राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका हुन्।
उनले लेखेका छन्,‘आज गोरखापत्र स्थापना दिवस। विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र स्थापना भएको थियो। आजको दिनलाई हामीले राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने गरेका छौँ। सम्पूर्ण पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैलाई हार्दिक शुभकामना’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here