मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ वेतखोल्सिमा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरुभएको छ ।
श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समारोह समिति कालीमाई मन्दिर हेटौँडा–९ वेतखोल्सिको आयोजनामा धार्मिक विधि अनुसार उद्घाटन भएको हो ।
ओम वैदिक सनातन धर्मको संरक्षण,सम्बद्र्धन गरि मूलतः हेटौँडा उपमहानगरपालिका वडा नं–९ को धरोहरको रूपमा रहेको कालीमाई मन्दिरको अक्षय कोष स्थापनार्थको उद्देश्यका साथ आयोजित महायज्ञको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकि मेयर मिना कुमारी लामाले गरेकी थिइन् ।
उद्घाटन पूर्वत्रिवेणी धामबाट झन् ल्याएर भागवत पुराण हुने स्थान कालिमाई मन्दिर परिषद्सम्म सयौ भक्तजनहरुको सहभागितामा कलश यात्रा गरिएको थियो ।
मेयर मिना कुमारी लामाले भागवत पुराण सबै जातजाती र अन्य धर्मप्रति आस्था राख्ने जोकोहीले पनि श्रवण गर्नुपर्ने शास्त्र भएकोले सुनिदिन र सप्ताहलाई सफल पारिदिन आग्रह गरिन् ।
प्रमुख कथा वाचनका रूपमा आचार्य पं गुरू यदु कुमार अधिकारी छन् । प्रत्येक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म मण्डप पूजा ८ देखि १० सम्म भागवत् पाठ पारायण, ११ देखि ४ बजेसम्म कथा प्रवचन,साँझ ७ बजे देखि १० बजेसम्म एक अध्याय महतमे कथा, देव लिला झाँकी, चेतनामूलक नाटक लागायतका कर्यक्रम रहेको मन्दिर व्यवस्थापन समिति सदस्य सानु कार्की खड्काले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here