Prabhsimran Singh of Punjab Kings hitting a over boundary during match 13 of the Indian Premier League season 18 (IPL 2025) between Lucknow Super Giants and Punjab Kings held at the Bharat Ratna Shri Atal Bihari Vajpayee Ekana Cricket Stadium, Lucknow on the 1st April 2025 Photo by: s Saikat Das / Sportzpics for IPL

इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले अपराजित यात्रा कायम राखेको छ । मंगलबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हराउँदै पञ्जाबले अपराजित यात्रा कायम राखेको हो ।
यो जितसँगै पञ्जाब दुई खेलबाट चार अंक बनाउँदै शीर्ष स्थानमा पुगेको छ । पहिलो खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराएको थियो । लखनउको भने यो लगातार दोस्रो हार हो । तीन खेल खेलिसकेको लखनउले दुई अंक मात्र जोडेको छ ।
भारतरत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले २० ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएको थियो । पञ्जाबका जितमा ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस अय्यरले सानदार अर्धशतक बनाए । पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए मात्र खर्चिए । लोक्की फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को जोन्सन र युजवेन्द्र चाहलले समान एकएक विकेट हात पारे ।
लखनउले दिएको १७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले १६.२ ओभरमा दुई विकेट गुमाउँदै १७७ रन बनाएको हो । पञ्जाबका लागि ओपनर प्रभसिमरनले सर्वाधिक ६९ रन बनाए । ३४ बलको सामना गरेका उनले नौ चौका र तीन छक्काको मद्दतामा सानदार अर्धशतकीय इनिङ खेलेका हुन् ।कप्तान अय्यरले भने अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । दुई विकेटको क्षतिमा लक्ष्य भेट्न मात्र एक रन बाँकी हुँदा स्टाइकमा गएका अय्यरले एउटा डट बल खेल्दै छक्का हिर्काएर ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।
०००

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here