बुधबार बसेको विपक्षी दलहरूको बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधिसभा बैठकमा सशक्त विरोध गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बिहान बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको रास्वपाका सांसद सन्तोष परियारले बताए ।
उनले भने, ‘आज हामी संसदमा रहेका विपक्षी दलहरु प्रमुख प्रतिपक्षीसहित हामी अहिले पछिल्ला गतिविधि, पछिल्ला सरकारका नर्णयहरु र राजनीतिमा भएका घटनाक्रमका विषयमा छलफल भएको छ । मुख्यत ः अस्तिको राति भएको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई जुन अलोकातान्त्रिक तरिकाले जसरी दुई तिहाईको दम्भका साथ र मन्त्रीको जोडबलमा गलहत्याउने काम गरियो, विधि विधान बाहिर गएर यस्तो कार्य गरियो, एउटा काबिल देशको सेवा गरिरहेको कर्मचारिलाई शक्ति प्रयोग गरेर पदबाट हटाउने कार्य जुन सरकारले गर्यो त्यसका विरुद्ध हामीले सदनमा सशक्त आवाज उठाउने निर्णय गरेका छौं । साथै आजको सदनमा प्रश्न गर्ने र त्यस कार्यको विरोध गर्ने निर्णय गरेका छौं ।’
साथै बुधबार बसेको प्रतिपक्षी दलहरुको बैठकले पछिल्ला सरकारका नर्णयहरु र राजनीतिमा भएका घटनाक्रमका विषयमा समेत छलफल गरेको छ ।
०००

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here