रौतहट । रौतहटको चन्द्रपुरमा रहेको बैक तथा बिमा कम्पनीले गुणस्तरीय तथा भरपर्दो सेवा उपलब्ध गराउन सदैव तत्पर रहेको उल्लेख गर्दै सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । यहा रहेका बैक, बिमा कम्पनी तथा सहकारीले बैंक तथा वित्तीय संस्था सम्बन्धी जानकारी सहित विविध किसिमका कार्यक्रमहरु गर्दै यो किसिमको प्रतिबद्धता व्यक्त गरेका हुन् ।
चन्द्रपुरमा रहेका विभिन्न बैंक, वित्तीय संस्था र बिमा कम्पनीले सामूहिक रूपमा शुक्रबार बिहान प्रभातफेरी आयोजना गरी ग्लोबल मनी सप्ताह मनाएका छन् ।
बैंकद्वारा कारोबार गर्नुहोस्, बचत तथा बैंकमा आफ्ना पैसा सुरक्षित गरी आफ्नो भविष्य सुरक्षित गर्नुहोस् भन्ने मूल नाराका साथ निस्केको र्यालीले नगर परिक्रममा गरी मुख्य चौकमा कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा ‘आजको बचत भोलिको समृद्धि ’, आजको बचत भोलिको सुनिश्चितता’, ‘खाली चेक उच्च जोखिम’, ‘बचत गर्ने बानी बसालौं’ लगायतका विभिन्न नाराहरु लेखिएका ब्यानर र प्लेकार्ड सहित बैंक तथा वित्तीय संस्थाकर्मीहरुको उलेख्यनिय सहभागिता रहेको चन्द्रपुर बैंकर्सले जनाएको छ ।
बैङ्कप्रति आम नागरिकलाई अझै जिम्मेवार, जबाफदेही र विश्वासिलो बनाउने तथा बैंकबाट प्रदान गरिने विभिन्न सेवाहरूका बारेमा जानकारी दिने उद्देश्यले यो कार्यक्रम गरीएको महालक्ष्मी विकास बैंक चन्द्रपुरका शाखा प्रबन्धक आकाश चौधरीले बताए ।
देशको समग्र बैङ्किङ तथा वित्तीय प्रणाली प्रति जनविश्वास बढाउन, निक्षेपकर्ताको हकहितको संरक्षण, संवद्र्धन गर्न, गुणस्तरीय तथा भरपर्दो बैङ्किङ तथा वित्तीय सेवा उपलब्ध गराई वित्तीय स्थायित्व कायम गर्न बैंक तथा वित्तीय संस्थाहरूको प्रमुख दायित्व रहेको हुँदा सोही अनुसार आफूहरूले काम गरिरहेको उनको भनाइ छ ।
बैंकबाट लिइएको ऋण उत्पादक मूलक क्षेत्रमा मात्र लगानी गर्नसके ऋणीलाई मुनाफा हुने र बैंकलाई ब्याज तिर्न समेत सहज हुने भएको हुँदा बैंकलाई प्रतिफल हुनेगरी उत्पादनमूलक क्षेत्रमा मात्र लगानी गर्न ग्राहकहरूलाई अनुरोध गरीएको छ ।
आफ्नो पासवर्ड, ओटीपी कोड, डेबिट तथा क्रेडिट कार्ड नम्बर, पिन नम्बर, सीभीभी लगायतका अन्य कुनै पनि बैङ्किङ विवरण अरूसँग कहिल्यै शेयर नगर्न वैकका कर्मचारीले सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here