समावेशगरी राष्ट्रिय योजना आयोगलाई औचित्यहिन बनाएसम्म आर्थिक कार्यविधि पूर्ण नहुने बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयकमा विरोधको सूचना पेस गर्दै उनले योजना आयोगले मन्त्रीको कुरा सुनेर देश नबन्ने भन्दै सबै नेपाली जनता र प्रतिनिधिको कुरा सुन्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो गोजीको योजना समावेशगरी राष्ट्रिय योजना आयोगलाई औचित्यहिन बनाएसम्म आर्थिक कार्यविधि पूर्ण हुने छैन । योजना आयोगले मन्त्रीको कुरा सुनेर देश बन्दैन, सबै नेपाली जनता र प्रतिनिधिको कुरा सुन्नुपर्छ ।’
साथै उनले आर्थिक कार्यविधिलाई पारदर्शी बनाउन नयाँ पुस्तालाई अनुशासित बनाउनुपर्ने धारणा राखे । सरकारले कार्यसम्पादन सम्झौताको नाटक गरेको भन्दै उनले उक्त नाटक बन्दगरी जसले काम गर्न सक्दैन त्यसलाई कुर्सी छाड्न सुझाव दिए ।
उनले भने, ‘आर्थिक कार्यविधिलाई पारदर्शी बनाउन नयाँ पुस्तालाई अनुशासित बनाउनुपर्छ । सरकारले कार्यसम्पादन सम्झौताको नाटक गर्ने होइन, आर्थिक अनुशासन पालना गर्न र गराउन नसक्ने अधिकारीलाई जिम्मेवारीबाट हटाउने हो । कहाँको सम्झौता त सरकारले जनतासँग गर्ने हो । सरकारी अंग सबै सरकार हो । यो नाटक रोक्नुहोला जसले सक्दैन त्यसले कुर्सी छोडने हो । कुर्सी ओगटेर बस्ने होइन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here