सिरहा । सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानका अनुसार पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास छन् ।
रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर पीडित परिवारले दिएको जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन् । अन्य चार जनाको नाम जाहेरीमा किटान नभएपनि उनीहरु पञ्चायतमा पीडित परिवारलाई दबाब दिएको अनुसन्धानबाट खुलेको प्रहरीको दावी छ ।
चन्देश्वर, रामविनोद र कमलेश फागुन ११ मै पक्राउ गरे । बलात्कारका मुख्य अभियुक्त रुपेशलाई माघ २१ मा प्रहरीले पक्राउ गर्न सफल भयो । अन्य चार जनालाई आज बिहान लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट पक्राउ गरिएको छ । घटनामा संलग्न चार जना अझै फरार छन् । उनीहरुको पनि खोजतालस भइरहेको र छिट्टै पक्राउ पर्ने सिरहा प्रहरीले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here