जनकपुर । जनकपुरधाममा आज देखि चौथो बिवाईडी ईन्टरस्कुल क्रिकेट टुर्नामेन्ट शुरु हुँदैछ ।
जनकपुरधाममा लुकेका प्रतिभालाई उजागर गर्ने दृष्टिकोणले आजदेखि १६ विद्यालयहरुको सहभागितामा उक्त क्रिकेट कपको हुने लागेको आयोजक न्यू भिजन नेपाल र जनकपुर स्पोट्र्स क्लबले जनाएको छ ।
प्रतियोगितामा जनकपुर पब्लिक स्कूल, ऐरे इंटरनेशल स्कूल, मोनास्टिक स्कूल, अन्नपूर्णा स्कूल, शिशु प्रज्ञा सदन, सिद्दार्थ शिशु सदन, मदर टेरेसा पब्लिक स्कूल, न्यू भिजन स्कूल, हिमाली बोर्डिंग स्कूल, राष्ट्रिय मावि रुपैठा, संकट मोचन दे रा मा बी, किड्डी कॉनभेंट स्कूल, राजर्षि जनक इंग्लिश बोर्डिंग स्कूल, मिथिला इंस्टिट्यूट ऑफ टेक्नोलॉजी स्कूल, सिटी मोंटेसरी स्कूल र गोगल प्रसाद मावि स्कूल बसहियाले भाग लिएका छन् ।
आयोजकहरुमध्ये अम्भु प्रसाद साहले क्रिकेटको ईतिहास हेर्दा जनकपुरबाटै राष्ट्रिय टिममा सर्वाधिक खेलाडी र नेतृत्वहरु हुने गरेको भएपनि वर्तमान समयमा जनकपुरका खेलाडी कोही पनि नरहेकाले त्यसकै परिपुर्तीका लागि यस्ता प्रतियोगिता गर्न लागिएको बताए ।
आयोजक तथा मधेश प्रदेश टिमका पुर्व कप्तान हरिशंकर साहले प्रतियोगिता विस्तारिदै गएको बताए । अर्का सदस्य प्रशान्त अरविन्द र अमन यादव सहिकाले पनि सिमित स्कुलको सहभागितामा सुरु भएको पहिलो संस्करण चौथो सम्म आइपुग्दा करिव दुई दर्जन विद्यालय सहभागिताका लागि सम्पर्कमा आएपनि १६ लाई मात्र समेटिएको बताए ।
जनकपुरधामका अभिभावकहरु अव आफै आफना बच्चालाई बाईकमा राखेर किट सहित मैदान वा प्रशिक्षण केन्द्रमा लाने गरेको बताउदै आयोजक मधेश र खास गरि क्रिकेटमा जनकपुरधामको भविष्य राम्रो रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here