नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजबाट झापाबाट सुरु हुँदैछ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उक्त अभियान झापाको कचनकवलबाट सुरु गर्दैछन् ।
अभियान सुरु गर्न प्रचण्ड आइतबार अपराह्न झापा पुगिसकेका छन् । आज कचनकवलमा एक कार्यक्रमको आयोजना गर्दै प्रचण्डले उक्त अभियान सुरु गर्ने छन् ।
कहाँ–कहाँ कहिले–कहिले छ अभियान ?
कोशी प्रदेश
झापा– फागुन –१२ गते, मोरङ– फागुन १३ गते, सुनसरी – फागुन १५ गते,
मधेश प्रदेश
सप्तरी – फागुन १६ गते, सिरहा – फागुन १७ गते, धनुषा – फागुन १८ गते, महोत्तरी – फागुन १९ गते, सर्लाही– फागुन २१ गते, रौतहट– फागुन २२ गते, बारा– फागुन २३ गते, पर्सा– फागुन २४ गते ।
बागमती प्रदेश
चितवन– फागुन २५ गते
गण्डकी प्रदेश
नवलपुर (नवलपरासी पूर्व)– फागुन २६ गते,
लुम्बिनी प्रदेश
परासी (नवलपरासी पश्चिम) फागुन– २७ गते, रुपन्देही–फागुन २८ गते, कपिलवस्तु– चैत्र २ गते, दाङ– चैत्र ३ गते, बाँके– चैत्र ४ गते, बर्दिया– चैत्र ५ गते
सुदुरपश्चिम प्रदेश
कैलाली–चैत्र ६ गते, कञ्चनपुर– चैत्र ७ गते ।
अभियान किन ?
प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा, सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्नका लागि अभियान सञ्चालन गर्न लागिएको माओवादीले जनाएको छ ।
दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न, अध्यादेशमार्फत् राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरङ्कुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानका लागि दबाब दिनलगायत अन्य धेरै विषयलाई सम्बोधन गर्नका लागि दबाब दिने उद्धेश्यले अभियान सञ्चालन गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here