जनकपुर । प्रेस मञ्च नेपालको राष्ट्रिय महाधिवेशन बैशाख ६ र ७ गते जनकपुरधाममा हुने भएको छ ।
प्रेस मञ्च नेपालको बिहीबार जनकपुरधाममा सम्पन्न केन्द्रिय समितिको बैठकले बैशाख ६ र ७ गते जनकपुरधाममा राष्ट्रिय महाधिवेशन हुने गरि कार्यतालिका समेत सार्वजनिक गरेको महासचिव अवधेश कुमार झाले जनाएका छन ।
महाधिवेशनका लागि फागुन मसान्तसम्म सदस्यता वितरण, चैत्र १५ गते भित्र जिल्ला अधिवेशन, चैत्र मसान्तसम्म प्रदेश अधिवेशन र बैशाख ६ गते राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सम्पन्न हुने जनाइएको छ ।
जनता समाजवादी पार्टी नेपालले भातृ तथा शुभेच्छुक संगठनहरुलाई बैशाख मसान्त भित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न गरेको परिपत्र अनुसार सुभेच्छुक संगठन रहेको प्रेस मञ्च नेपालले महाविधेशन गर्न लागेको हो ।
कार्यवाहक अध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको बैठकमा जसपा नेपालका कार्यकारिणी समिति सदस्य एवं बौद्धिक पेशाकर्मीका इन्चार्ज डा. सुरेन्द्र यादव, जसपा नेपालका प्रदेश अध्यक्ष बालकिशोर यादव, जसपा नेपाल केन्द्रियप्रचार विभाग सदस्य एवं प्रेस मञ्च नेपालका संस्थापक आतिश मिश्र सहितको विशेष उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here