नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय सूचना, संचार तथा प्रचार विभागले ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ भन्ने नाराका साथ प्रदेश स्तरीय अभियान आयोजना गर्ने भएको छ ।
मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै आमजन मानसमा नेपाली कांग्रेसले गरेका सकारात्मक काम तथा त्यसबाट देशमा भएका परिवर्तनवारे तथ्यगत जानकारी दिने उद्देश्यले सातैवटा प्रदेशका राजधानीमा प्रदेश स्तरीय अभियान आयोजना गर्न लागेको केन्द्रीय सूचना, संचार तथा प्रचार विभागका सचिव गोपाल झाले जानकारी गराए ।
अभियान यही फागुन ९ गते कोशी प्रदेशको विराटनगर, १० गते मधेस प्रदेशको जनकपुर, १७ गते गण्डकीको पोखरा, १८ गते लुम्वीनीको वुटवल, २० गते कर्णालीको सुर्खेत र २१ गते सुदुर पश्चिमको धनगढीमा आयोजना हुन लागेको छ ।
यस कार्यक्रममा नेपाली कांग्रेसका सम्बन्धित प्रदेशका केन्द्रीय पदाधिकारी सदस्यहरु प्रदेश कार्य समितिका पदाधिकारी सदस्यहरु, प्रदेश सभाका सदस्यहरु, जिल्लाकार्य समितिका पदाधिकारी तथा प्रचार विभागका प्रमुख एवं प्रवक्ताहरु क्षेत्रिय कार्य समितिका पदाधिकारी सदस्यहरु र भ्रातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु र प्रेस युनियनलगायत विभिन्न संचार कर्ममा आवद्ध संचारकर्मीहरुको सहभागिता रहने छ भने यसमा दुईवटा कार्यपत्र प्रस्तुत हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here