काठमाडौं । बताएका छन् ।
सोमबार समावेशी, जलवायु लचिलो, र सुरक्षित रूपमा व्यवस्थित धुने सेवाहरूको लागि प्रतिबद्धताहरूमा राजनीतिक संवाद कार्यक्रममा बोल्दै उनले वास सेक्टरमा औपचारिक निर्णय गरेर त्यो निर्णय लागू गर्न सके वास सेवामा फड्को मार्न सकिने बताएका हुन् ।
उनले भने, ‘ देशमा तीन तहको सरकार छ । तीनै तहको सरकार मिलेर र समन्वय गरेर, एकतावद्ध गरेर सार्वजनिक रुपमा काम गर्यौं भने यो वास सेवामा हामीले फ्डको मार्न सक्छौं । जति पनि राजनीतिक दलहरु छन् हाम्रो नेपालमा सबैले केन्द्रिय समितिको निर्णय गरेर औपचारिक निर्णय गरेर त्यो निर्णय लागू गर्नलाई प्रदेश समितिमा पठाउने, प्रदेश समितिले निर्णय गरेर जिल्ला समितिमा पठाउने, जिल्ला समितिले निर्णय गरेर पालिका स्तरमा पठाउने, पालिका स्तर कमिटिले निर्णय गरेर मात्र वास सेक्टरमा हामीले क्रान्ति ल्याउन सक्छौं । जुन हामीले वास सेक्टरको लागि प्रतिवद्धता गरेका छौं त्यो पूरा हुन सक्छ ।’
साथै उनले सुरक्षित वास सेवाको प्रगतिको लागि आफू प्रतिवद्ध रहेको बताए । उनले जनताको चाहना अनुसार र नागरिकहरुले चााहे अनुसार वास सेक्टरमा केही परिवर्तन गरेर लानुपर्ने बताए ।
मन्त्री यादवले सबै नेपालीको घरमा स्वच्छ खानेपानी र सुरक्षित सरसफाइ पुर्याउने अभियान सफल बनाउन ‘वास’ क्षेत्रमा अधिकतम लगानी बढाउन अपिल समेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here