नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले शनिबार काठमाडौंमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफूमा भएका उत्कृष्ट प्रतिभाहरु प्रस्तुत गरेका छन् ।
एनएफएच इभेन्ट्स प्रालिका अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा आयोजित ट्यालेन्ट शोमा सहभागि भएका प्रतिस्पर्धिहरुमध्ये अधिकांशले नेपाल भाषाका लोकप्रिय गीतहरुमा आकर्षक नृत्य प्रस्तुत दिएका थिए । त्यस क्रममा उनीहरुले हाकु पटासीसहितको नेवारी पहिरन पहिरिएका थिए ।
चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यमा आयोजित ट्यालेन्ट शोमा केही प्रतिस्पर्धिहरुले समाचार वाचन, अभिनय, बाँसुरी वादन, चित्रकला, गायनमार्फत पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
ट्यालेन्ट शोको निर्णायकमा नमुना कलेज अफ फेसन टेक्नोलोजीका भाइज प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, अधिवक्ता तथा माँ बगलामुखी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष लक्ष्मण महर्जन, गायक सुरज बीर बज्राचार्य, नेपाल लिपि गुथीका अध्यक्ष अनिल स्थापित, लायन्स क्लब इन्टरनेशनल, जिल्ला ३२५एल का पूर्व गभर्नर मणिश्री रत्न बज्राचार्य, मिस नेवा ११३६ की उपविजेता तथा यूएनएक्स डान्स स्टुडियोकी सञ्चालक रिजिशा डंगोल रहेका थिए ।
कार्यक्रममा प्रलिशा शाक्यले समाचार वाचन गर्दै आफ्नो प्रतिभा प्रस्तुत गरिन् भने ऋतिशा बज्राचार्य (सिर्सया हेगु), सुवेच्क्षा श्रेष्ठ (सालुगु गाचा),
रोनिशा महर्जन (जिता यामा भाजु), रुजी शाक्य (सिरी सिरी), रिम्षा श्रेष्ठ (धिमे), प्रसिद्धि शाक्य (श्वेत भैरव), दिविना डंगोल (सीमा काछा), रामुना बज्राचार्य (लिक्का वाया), श्रद्धा महर्जन (ल्यामा मा दाजु), अनुशा बज्राचार्य (ओ दाइचा जिमिता), अनुश्री शाक्य (मञ्जुश्री नृत्य) तथा प्राश्ना श्रेष्ठ (ची भाजु) ले नृत्य कला प्रदर्शन गरेर निर्णायकको मन जित्ने प्रयास गरे ।
ट्यालेन्ट शोमा अल्पा महर्जनले धला जिता नेवा बोलको गीत गाएकी थिइन् भने लुमना महर्जनले बाँसुरी वादनमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरिन् । शुभाष्णा श्रेष्ठले भगवान श्रीकृष्णको तस्विरलाई चित्रकलामा उतारेकी थिइन् भने संस्कृति श्रेष्ठले सिरी सिरी बोलको गीत गाएकी थिइन् भने लुनिभा मानन्धरले माइचा बोलको गीत गाएर आफ्नो प्रतिभा प्रस्तुत गरेकी थिइन् ।
कुन्ता श्रेष्ठले आँखाको मोतिया बिन्दु सम्बन्धी चेतनामूलक नाटकमा आकर्षक अभिनय गरेकी थिइन् भने श्रेया मानन्धर गणेश द्यः बोलको भजन प्रस्तुत गरेकी थिइन् ।
आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले मिस नेवाः ब्यूटी कन्टेस्ट मात्र नभएर नेवारी समुदायको कला र संस्कृति जोगाउने अभियानसमेत रहेको र यस्तो अभियान नेवार समुदायमा मात्र नभएर हरेक समुदायमा हुनुपर्ने बताउँदै ट्यालेन्ट शोमार्फत पनि नेवारी कला र संस्कृतिलाई उजागर गर्ने प्रयास रहेको उल्लेख गरिन् ।
ट्यालेन्ट शोमा सह–आयोजक तथा फाइट फर लाइफ नेपालका उपाध्यक्ष दिल कुमार महर्जन, नेपाल भाषा तथा लिपि प्रशिक्षक राजु नापित, मिस नेवा नेपा ११४३ सकीना महर्जन, मिस नेवा नेपा ११४१ कृषा महर्जन, मिस नेवा सामाजिक सेवा राजदूत प्रमुख ११४३ तिमिला महर्जन, मिसेस नेपाल क्यानडा २०२५ की उपविजेता रश्मी थापा, कलाकर्मीका प्रधान सम्पादक कृष्ण भट्टराई तथा सम्पादक अरुणा भट्टराई विशेष अतिथिको रुपमा सहभागि भएका थिए । समारोहमा नविना शाक्य, दिवस श्रेष्ठ, सालिका चित्रकार, मन कृष्ण श्रेष्ठ अतिथिको रुपमा सहभागि भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here