नेपाली कांग्रेसले जनता समाजवादी नेपालसहितको समर्थन सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने दाबी गरेको छन् ।
बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ५१ वटा अस्वीकारका सूचनाहरु परेको भन्दै त्यसमा छलफल गरेर अस्वीकारका सूचनाहरुलाई अस्वीकार गर्दै अध्यादेश स्वीकृत हुने बताएका हुन् ।
उनले भने,‘आज अध्यादेश पेस हुन्छ । ५१ वटा अस्वीकारका सूचनाहरु परेको छन् । यो सबैमाथि छलफल हुन्छ । छलफल भएर अस्वीकारका सूचनाहरुलाई अस्वीकार गरिने छ । त्यसपछि यो अध्यादेश स्वीकृत हुन्छ । पारित हुनेमा ढुक्क छौ । जसपा नेपालले समर्थन गर्छ, हिजो पनि प्रधानमन्त्रीलाई भोट हालेको पार्टी हो । अहिले पनि सत्ता पक्षको बेन्चमा बसेको छ । उहाँहरुको समर्थनसहितले यो अध्यादेश पनि हुन्छ ।’
उनले संसदीय दलको बैठकअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेको र उक्त भेटवार्तामा भएको छलफलमा अध्यादेशबारे उपेन्द्र सकारात्मक भएको पनि जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here