पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘सबै मौसममा पर्यटन’ भन्ने मुल नारासहित घान्द्रुकमा पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।
घान्द्रुक गाउँ सबै मौसमका लागि घुम्न उपयुक्त ठाउँ रहेको जानकारी दिने तथा खेलकुदको विकास गर्ने उद्देश्यले घान्द्रुक पर्यटन महोत्सव आयोजना गर्न लागेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।
चैत अन्तिम साताबाट सुरु हुने महोत्सवमा विभिन्न समुदायमा प्रचलित सांस्कृतिक र खेलकुदका कार्यक्रमहरु समावेश गरिनुका साथै मुख्य आकर्षणका रुपमा भलिबल, बास्केटबल तथा घोडा दौड प्रतियोगिता आयोजना गरिने समितिले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटकीय राजधानी घोषणा भैसकेको अवस्थामा सगँसंगै ढुङ्गेनी गाउँ घान्द्रुक पनि विश्वको दोश्रो छोटो दुरी गन्तव्यमा पर्न सफल भएको छ । हामी अझ पर्यटकीय गतिविधिलाई अझै उचाइमा पुर्याउनका लागि यस पर्यटन महोत्सवले टेवा पुर्याउने विश्वास लिएका छौं ।’
नितान्त पर्यटनको क्षेत्रमा काम गर्ने लक्ष्यसहित स्थापना गरेको यो संस्थाले खेल पर्यटको प्रर्वद्धन गर्न कसरत गरिरहेका बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here