कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारकोे लागि तरकारी र फलफूलको मूल्य तोकेको छ । आज गोलभेँडा ठूलो (भारतीय)न्यूनतम मूल्य ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।
यस्तै, सानो गोलभेडा २५, रातो आलु ३५, सुकेको प्याज ६३, गाजर लोकल ४०, गाजर तराई २०, बन्दा लोकल १०, बन्दा तराई १०, बन्दा नरिवल १०, स्थानीय काउली ८, स्थानीय काउली ज्यापु १५, तराई काउली ८, सेतो मुला २०, लाम्चो भान्टा २०, डल्लो भान्टा ३०, मटरकोशा ४०, घिउ सिमी ४०, टाटे सिमी ३० र तिते करेला १०० रुपैयाँ न्यूनतम मूल्यमा बिक्री भएको छ । यसैगरी पाकेको फर्सी ४०, हरियो फर्सी लाम्चो १०, हरियो फर्सी डल्लो १०, भिण्डी ९०, सखरखण्ड ६०, बरेला ३०, पिडालु ८०, स्कुस ३०, रायो साग १०, पालुङ्गो साग ३०, चमसुरको साग ३०, तोरीको साग २०, मेथीको साग ३०, प्याज हरियो ३०, बकुला ६०, तरुल ८०, कन्ये च्याउ ६०, डल्ले च्याउ ३००, ब्रोकाउली २०, बन्दा रातो ५०, जिरीको साग ६०, सेलरी ३००, पार्सले ७०० रुपैयाँमा बिक्री भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here