संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानमा २१३ जना नेपाली शान्ति सैनिकहरूको टोली मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।
चण्डीप्रसाद गण (शान्ति सेना) ११ औँ डफ्फाका प्रमुख सेनानी मनोज कार्कीको नेतृत्वमा मिसन सुडानर्फ प्रस्थान गरेका हुन् । मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दशौँ डफ्फामा कार्यरत २१२ जना शान्ति सैनिकहरू सेनानी खिम बहादुर अधिकारीको नेतृत्वमा माघ १० गते नै स्वदेश फिर्ता भएका छन् ।
हाल उक्त मिसनमा नेपाली सेनाबाट सेक्टर कमाण्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र दुईवटा गण तथा एउटा गुल्म गरी कुल १७५४ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
त्यस्तै, संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि इराकमा तैनाथ युनाइटेड नेशन एसिसटेन्स मिसन फर इराक(यूएनएएमआइ) मा कार्यरत गार्ड यूनिटलाई बदली गर्न मिति २०८१ माघ ०९ गते प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा २१ जना नेपाली शान्ति सैनिकहरू मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।
त्यस्तै माघ १० गते उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी २१ जना नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिकहरू कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here