आज संघीय संसद अन्तर्गतका चारवटा समितिको बैठक बस्दैछ
मंगलबार पहिलो बैठक बिहान ११ः३० बजे उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बस्दै छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुने कार्यसूचि रहेको छ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने छ। बैठकमा महान्यायाधिवक्ता कार्यालयको कामकारबाहीबारे छलफल हुनेछ।
यस्तै,सार्वजनिक लेखा समितिको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा सुरु हुनेछ। बैठकमा उपसमितिहरुले समितिमा छलफल गर्ने भनी औंल्याएका विषय र समितिमा प्राप्त उजुरी उपरहरु सम्बन्धमा छलफल गर्ने कार्यसूचि छ ।
दिउँसो ३ः०० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here