गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा आफ्नो क्षमता विकासमा प्रगती गरिरहेको बताएका छन् । बुधबार किर्तिपुरमा आयोजित २७ औं भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले खोज, उद्दार तथा राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्दारकर्मीहरु तयार भएको जानकारी दिदैं सुरक्षा निकाय र प्रतिकार्यमा क्रियाशिल संस्थाहरुको व्यवस्थित परिचालन गर्न आवश्यक व्यवस्था गरिएको बताएका हुन् । उनले विपद्को समयमा अत्यावश्यक सामाग्रीहरुको भण्डारणलाई प्रभावकारी बनाउन आपतकालीन गोदामघर सञ्चालन सम्वन्धी कार्यविधि निर्माण गरी सबै प्रदेशमा आपतकालीन गोदामघर हस्तान्तरण गर्ने तयारी भइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here