स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पछिल्लो समय मानिसहरु मानसिक रुपमा समस्याग्रस्त बन्दै गएको बताएका छन् । राष्ट्रिय योग दिवसको मुल समारोहमा बोल्दै मन्त्री पौडेलले कोलाहल,स्वार्थ र अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई मानसिकरुपमा समस्याग्रस्त बनाएको बताएको हुन् । उनले भने,‘हामीले बहस नगरेको पक्ष पुर्नस्थापना । यसमा बहस गर्ने बेला आएको छ । मानसिक रोगको समस्याबाट धेरै मानिसहरु समस्याग्रस्त भएको स्थिति छ । यस्तो कोलाहल, भिडभाड, स्वार्थ, अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई मानसिकरुपमा समस्या ग्रस्त बनाएको अवस्था छ । यस्तो जटिल समस्यालाई कुन माध्यमबाट हल गर्न सकिन्छ र उपचार विधि के भन्ने भनेर बहस गर्ने बेला आएको छ ।’ मन्त्रीले पौडेलले कोहीपनि इच्छाले रोगी नभएको बताए । उनले निरोधात्मक, रक्षात्मक क्षेत्रसँगै उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताए ।








