खानेपानीमन्त्री प्रदीप यादवले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक सद्भाव, एकअर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा माघे सङ्क्रान्ति पर्वको महत्वपूर्ण योगदान रहने बताएका छन् ।  माघे सङ्क्रान्ति पर्वको अवसरमा आज मन्त्री यादवद्वारा जारी शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपालमा बसोबास गर्ने विविध जाति, जनजाति समुदायले आआफ्नो ऐतिहासिक मान्यता र परम्परा रहेको उल्लेख गरिएको छ । ‘प्रत्येक वर्ष माघ १ गतेका दिन मनाइने नेपाली संस्कृतिको एक महत्त्वपूर्ण चाडका रूपमा रहेको माघे संक्रान्ति÷माघी पर्व–२०८१ को अवसरमा सम्पूर्ण नेपाली दाजभाई, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शभुकामना व्यक्त गर्दछु ।’उक्त सन्देशमा भनिएको छ । ‘तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले आ–आफ्नै तरिकाले मनाउँने यस पर्वको फरक महत्व रहेको छ । यस पर्वलाई विशेष गरी थारू समदायले माघे संक्रान्ति तथा नयाँ वर्षको रुपमा मनाउने गर्दछन । यसैगरी मगर समुदायले पनि यस पर्वलाई माघी पर्व र अन्य समुदायले मकर संक्रान्तिका रुपमा मनाउँदै आइरहेको पाइन्छ ।’ उनले भने  । उनले नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएकाले जातिय विविधता र यससँगै जोडिएर आएका संस्कृतिहरु हाम्रा मौलिक विशेषता रहेका र देशको संस्कृति र मौलिकता जोगाउनु हामी सबैको कर्तव्य भएको बताए । नेपालमा विभिन्न जातजातिले मनाउने यस्ता मौलिक चाडपर्वहरुले सामाजिक सदभाव एवं सांस्कृतिक सहअस्तित्व अभिवृद्धि गर्दै विभिन्न समुदाय र सम्प्रदाय बीचको एकतालाई बलियो र दरिलो बनाउँदै हाम्रो राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुयाउने आफुले विश्वास लिएको उनले बताए ।उनले भने,‘यस पर्वले नेपालमा रहेका सबै जातजाति, भाषा, संस्कृति र समुदायहरुकाबीच आपसी सद्भाव, आत्मीयतापूर्ण व्यवहार, सम्बन्ध र आपसी एकता कायम गरी देश आर्थिक र सामाजिक रुपले समृद्ध बनाई देश निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउने आशा एवं विश्वास लिएको छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here