पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० मा पर्ने औद्योगिक क्षेत्रस्थित ऐतिहासिक स्वागत गेट भत्काइएको छ।  पृथ्वी राजमार्ग विस्तारका क्रममा पोखरा महानगरपालिकाले ऐतिहासिक स्वागत गेट भत्काएको हो ।  पोखरा महानगरपालिकामा केही दिन अघि भएको सर्वपक्षीय बैठकको सहमति बमोजिम उक्त गेट भत्काइएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए।  विकास निर्माणका कार्यमा अवरोध नगर्ने साझा समझदारीका साथ सुरक्षा निकाय, महानगर प्रहरी, र निर्माण कम्पनीको सहकार्यमा यो कार्य सम्पन्न भएको मेयर आचार्यले बताए । तर उक्त स्वागत गेट भत्काइएकोमा सामाजिक संजालमार्फत आफुलाई धम्कि आएको पनि मेयर आचार्यले दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here