राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले नेपालमा आर्ट र फोटोग्राफीको कपी राइट बढी देखिन थालेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले डिजिटल मिडियाको प्रवेशसँगै व्यवसायिक फोटोग्राफी गर्नेहरुको फोटो चोरी र कपी हुने प्रवृत्ति बढ्दै गएको बताएका हुन् ।
उनले भने, ‘आर्ट र फोटोग्राफीको कपी राइटको समस्याहरु बजारमा धेरै नै देखिन्छ । डिजिटल मिडियाको प्रवेशसँगै नेपालमा पनि फोटोग्राफी र आर्टसँगसँगै सम्बन्धित विषयहरुवस्तुहरुमा चाँही फोटो पत्रकारिताका मार्फत व्यवसायिक काम गरिरहने साथीहरुले फोटो चोरी हुने, कपी हुने विषयहरुमा हामीले आवाज उठाउनुपर्छ ।’
यसैगरी उनले खिचेका फोटोहरु गुगलमार्फत सजिलै कुनैपनि संचार माध्यममा बाइलाइनसहित समाचार सम्प्रेषण गर्ने समस्या रहेको बताए । उनले नेपालमा प्रतिलिपि अधिकार सम्बन्धि नीति नियमलाई परिवर्तन गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here