सत्तारूढ दल नेकपा एमालेको हिजो (आइतबार) सुरु भएको केन्द्रीय कमिटीे बैठक आज पनि जारी रहने छ ।बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।बैठकमा अध्यक्ष ओलीले  समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे  ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।हिजो पहिलो दिनको बैठकमा २७ जना सदस्यले धारणा राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here