मकवानपुर । बकैया गाउँपालिका वडा नं ९ मा रहेको कालीदेवी माध्यामिक बिद्यालयमा ३ दिने खेल सप्ताह सम्पन्न भएको छ । पौष १६ गते देखि १९ गते सम्म संचालनमा रहेको खेल सप्ताहमा चम्चा गुच्चा, सियो धागो, चकलेट खाने खेल, कलम छिराई, डोरि तान्ने खेल, पजल, भलिबल, सटपुट, बोरा दौड, रनिङ, कबड्डी, पेनाल्टी फुटबल प्रतियोगिता र म्युजिकल चियर जस्ता विभिन्न विधाका खेल संचालन गरेको बकैया गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष टंकध्वज लोप्चनले बताएका छन् । ३ दिन संचालन भएको उक्त बिद्यालयको खेल सप्ताह पौष १९ गते समापन भएको थियो ।
कार्यक्रम सभा अध्यक्ष भक्तबहादुर भोलोन, बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्री, वडा अध्यक्ष टंकध्वज लोप्चन, वडा सदस्यहरु यज्ञ बहदुर घले, बुद्ध लक्ष्मी विक, जीवन बिकास लघुवित्त संस्थाका बकैया साखा प्रमुख विजय चौधरी बिद्यालयका पिटिए सदस्यहरुको सहभागितामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here