पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालमा नेपाल– चीन मैत्रीपूर्ण ड्रागन डुंगा दौड प्रतियोगिता आजदेखि शुरु भएको छ ।नेपाल र छिमेकी मुलुक चीनबीचको साँस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजित दोस्रो संस्करणको नेपाल– चीन मैत्रीपूर्ण ड्रागन डुंगा दौड प्रतियोगिता आजदेखि पोखराको फेवातालमा शुरु भएको हो ।गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा आयोजना गरेको उक्त प्रतियोगितामा पाल, चीन र सिङ्गापुरका२० वटा समूह सहभागी छन् ।सोमबारसम्म संचालन हुने प्रतियोगितामा भाग लिन  चीनको छेन्दुबाट विमान चार्टर गरी १२९ खेलाडी पोखरा आएका छन् । प्रतियोगितामा चीनको आठ, सिङ्गापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने भएका छन् । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल ¥याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित नेपालका ११ टोलीको सहभागिता रहने छ । प्रतियोगितामा ५०० सय र २०० मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here