पोखरा । पोखरा महानगरपालिका–९ स्थित पार्वती टोल नजिकै खाँेचमा खसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ ।बिहीबार बेलुका हिँड्ने क्रममा अचानक सेती खोँचमा खसेका स्थानीय ६१ वर्षीय उजीरबहादुर पुनको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।पुन घरदेखि नजिकै हिड्ने क्रममा अचानक धाजाँ फाटेको ठाउँमा करिब १५ मिटर तल खोचमा खसेका थिए ।सशस्त्र प्रहरी बल नं.२४ कालिका गण कास्की मालेपाटनको विशेष उद्धार तथा रोप रेस्क्यू टोली तत्कालै परिचालन भई उनको सकुशल उद्धार गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here